६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको अर्को राम्रो गन्तव्य मरिसस, मासिक दुई लाख कमाउन गाह्रो छैन

१ फाल्गुन २०७४, मंगलवार ०३:०७

फागुन १, काठमाडौं | कुल जनसंख्या बराबर पर्यटक भित्र्याएर आर्थिक गतिविधि तीव्र पारिरहेको मरिसस नेपाली कामदारका लागि राम्रो गन्तव्य हुन सक्ने सम्भावना देखिएको छ । 

रोजगारीका लागि खाडी मुलुक पुगेका कामदार आर्थिक, शारीरिक शोषणमा पर्ने घटना बृद्धि भइरहेको बेला मरिसस आकर्षक गन्तव्य हुन सक्ने सम्भावना देखिए पनि सरकारी निकाय र मेनपावर व्यवसायीको प्राथमिकतामा यो देश पर्न सकेको छैन ।


निरन्तर बढिरहेको पर्यटक आगमनले मरिससमा रोजगारीका अवसर सिर्जना भइरहेको स्थानीय व्यवसायी बताउँछन् । पोर्टलुईसमा रेस्टुरेन्ट संचालन गरिरहेका सुन्दर सिंह पछिल्ला वर्षमा मोरिसरको बराबर नै संसारका विभिन्न मुलुकबाट पर्यटक आइरहेकाले पर्यटन क्षेत्रमा काम गर्ने मजदुरको माग बढिरहेको बताउँछन् ।

पर्यटक संख्या बृद्धि हुँदै गइरहेको र प्रतिव्यक्ति आम्दानी पनि राम्रो भइरहेकाले मरिसस आउनेले राम्रो पारिश्रमिक पाइरहेको बताइन्छ । उनीहरुका अनुसार अंग्रेजी भाषामा कुरा गर्न सक्नेले मासिक दुई लाख रुपैयाँ कमाउन गाह्रो छैन । अंग्रेजी नजान्नेले हिन्दी भाषामा कुराकानी गर्न सक्ने अवसर रहे पनि त्यस्ता कामदारको पारिश्रमिक भने केही कम हुने गरेको बताइन्छ ।

पर्यटन व्यवसायी मिजिया सिन्हा मरिससको आर्थिक अवस्था राम्रो भएकाले यहाँ काम गर्न आउने जोसुकैले महिनामा एकलाख रुपैयाँभन्दा कम पारिश्रमिक पाउने सम्भावना नरहेको बताउँछन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने