२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीबाट पहाडीलाई हटाएर सिंहलाइ ल्याउने तयारी

२०७४, २ फाल्गुन बुधबार ०२:२९

फागुन २, काठमाडाै । कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फको सांसद सिफारिस गरेर निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका केही नाम सच्याउनुपर्ने भएको छ ।

अाजकाे नयाँ पत्रिकामा खवर छ- निर्वाचन ऐन ०७४ अनुसार समावेशीसमूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनोट नभएको भन्दै आयोगको सोमबार बसेको बैठकले तीन दलको सूची अस्वीकार गरेको हो । बुधबार साँझसम्म नाम सच्याएर पुनः पठाउन तीनवटै दललाई पत्राचार गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनमा समावेशिताका आधारमा समानुपातिक उम्मेदवारमा खसआर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत पु¥याएर नाम पठाउनुपर्ने उल्लेख छ । 

त्यससँगै ऐनको दफा ६० को उपदफा ६ मा सूचीमा यथासम्भव पिछडिएको क्षेत्र तथा अपांगता भएको व्यक्तिको समेत प्रतिनिधित्व गराउनुपर्ने प्रावधान राखिएको छ । तर, कांग्रेसले दुई, माओवादी र राजपाले एक÷एकजना त्यो प्रावधानअनुरूप नपठाएको भन्दै आयोगले अस्वीकार गरेको हो ।

कांग्रेसका को बाहिरिन्छन्, को पर्छन् ?

कांग्रेसले बुझाएको सूचीमा पिछडिएको क्षेत्रको प्रतिनिधित्व हटाएर खस–आर्यतर्फ पुरुष र महिला गरी एक÷एकजना थपेको थियो । तर, आयोगले थपिएका दुईजनाको नाम अस्वीकार गर्दै सच्याउन भनेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । 

कांग्रेसका अनुसार आयोगले खसआर्य समूहको अन्तिममा रहेका पुरुष र महिलाको नाम काटेर पिछडिएको क्षेत्रमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका पुरुष र महिलाको नाम थप्न भनेको छ । आयोगको निर्देशनअनुरूप पठाउँदा खस–आर्य पुरुषको अन्तिममा रहेका मोहन पाण्डे र खस–आर्यकै महिलाको अन्तिममा रहेकी दीपशिखा शर्मा बाहिरिने छन् । 

उनीहरूका स्थानमा पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहको पहिलो प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका रामबहादुर विष्ट र महिलाको पहिलो नम्बरमा रहेकी रंगमती शाही सूचीमा पर्नेछन् । आयोगको निर्देशनअनुरूप बुधबार नाम सच्याएर पठाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

माओवादीबाट पहाडीलाई हटाइने, सिंह आउने

आयोगले माओवादीले खस–आर्यसमूहको महिला सूचीमा रहेकी सत्या पहाडीलाई पिछडिएको क्षेत्रबाट सिफारिस गरेको भन्दै अस्वीकार गरेको छ । आयोगले उनको नाम हटाएर पिछडिएको क्षेत्रबाट खस–आर्यसमूहमा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्तिलाई समावेश गरी पठाउन माओवादीलाई पत्राचार गरेको छ । माओवादीबाट खस–आर्यसमूहको प्राथमिकता क्रमको पहिलो नम्बरमा प्रेमबहादुर सिंह छन् ।

राजपाले प्राथमिकता क्रम मिलाएन

प्राथमिकता क्रम नमिलाएको भन्दै राजपाले बुझाएको समानुपातिकतर्फको सूची आयोगले अस्वीकार गरेको छ । उसले खस–आर्यसमूहमा महिलामा प्राथमिकता क्रममा पहिलो नम्बरमा रहेका व्यक्ति सांसद बन्न अनिच्छुक रहेको पत्रसहित सूची बुझाए पनि दोस्रो नम्बरमा रहेकी नरमाया ढकालको नाम हटाएर रेणु शर्माको नाम बुझाएको थियो । 

आयोगले राजपालाई शर्माको नाम काटेर ढकालको नाम थपेर पठाउन पत्राचार गरेको छ । आयोगको निर्देशनअनुरूप राजपाले मंगलबार नै समानुपातिक सूची सच्याएर निर्वाचन आयोग पठाएको छ । उसले शर्माको नाम हटाएर ढकालको नाम पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित