५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदीले ओलीलाई पठाएको चिठीमा के छ ?

५ फाल्गुन २०७४, शनिबार ०२:२८

फागुन ५, काठमाडौं । नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । 

मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठीमा उल्लेख गरेका छन् । ओलीले जवाफमा बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । 

ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको तीर्थयात्रासमेत गर्ने गरी नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन् । ओली सांसद निर्वाचित भएपछि मोदीले गत ६ पुस र ७ माघमा पनि टेलिफोन गरेका थिए । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सार्क सचिवालयका महासचिव अमजद हुसेन बी सियालले बधाई चिठी पठाउँदै ओलीको कार्यकालमा सार्क प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । 

पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पाकिस्तान सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई दिएका छन् । 

पाकिस्तानले ओली नेतृत्वको सरकारले विकास र समृद्धिको दिशामा नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गरेको र पाकिस्तानको नेतृत्वले ओलीसँग मिलेर सम्बन्ध थप सुदृढ गर्न चाहेको पनि प्रवक्ता फैसलले उल्लेख गरेका छन् ।

यसअघि बिहीबार ओली प्रधानमन्त्री निर्वाचित भएलगत्तै बंगलादेशकी समकक्षी शेख हसिनाले बधाई र औपचारिक भ्रमणको निमन्त्रणा दिएकी थिइन् । यसैगरी, अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले प्रधानमन्त्री ओलीलाई बधाई दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने