२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति बिद्या भण्डारीले राखिन यस्तो चाहना

२०७४, ५ फाल्गुन शनिबार ०४:१७

फागुन ५, काठमाडौं । कम्तीमा पाँच वर्ष राष्ट्रपतिको कार्यकालको जिम्मेवारी पूरा गर्न नपाएमा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गर्ने चाहना राखेकी छिन् ।

राष्ट्रपतिलाई भेट्ने कतिपय एमाले नेताका अनुसार उनले राष्ट्रप्रमुखका रूपमा ‘सेरेमोनियल’ भूमिकामा छोटो समय रहेर बिदा हुन लागेका कारण सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्ने गरेकी छिन् ।

‘नदोहोरिएको अवस्थामा सम्भवतः उहाँ सक्रिय राजनीतिमा आउन पनि सक्नुहुन्छ, पटक–पटक राष्ट्रपति फेरिँदा राज्यलाई भार पर्ने भएकाले सेवा–सुविधा परित्याग गर्न सकिने उहाँको कुरा छ, विश्वका कतिपय मुलुकमा त्यस्ता उदाहरण रहेकाले उहाँले अनौपचारिक भेटघाटमा सक्रिय राजनीतिमा आउन सक्ने संकेत गर्दै आउनुभएको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। त्यसो त, राष्ट्रपति हुनुअघि एमालेका तत्कालीन उपाध्यक्ष भण्डारीले नवौँ महाधिवेशनलगत्तै आफूलाई अध्यक्ष ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् ।

यसक्रममा उनले नवौँ महाधिवेशनमा ओलीलाई सघाउने केन्द्रीय सदस्य, भ्रातृ संगठनका पदाधिकारीदेखि महाधिवेशन प्रतिनिधिको उपस्थितिमा एक कदम अघि बढेर छुट्टै भेला गरी उनले पार्टीमा ओलीको उत्तराधिकारीका रूपमा उभ्याउन खोजेकी थिइन् ।

ओलीले राष्ट्रपति बन्ने ‘अफर’ गरेपछि पनि केही समय द्विविधामा परेकी उनले धेरै निकटस्थसँग परामर्श गरेर मात्र जिम्मेवारी सम्हाल्ने निर्णय लिएकी थिइन् ।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले गठबन्धनका प्रमुख नेता ओली र प्रचण्डसँग दोहोरिने चाहना राखेका छन् । राष्ट्रपति सचिवालयका एक सदस्यले भने भण्डारीले अहिलेसम्म त्यसरी औपचारिक रूपमा प्रस्ताव नगरेको दाबी गरे ।

‘शिष्टाचार भेटघाटलाई पनि नियोजित ढंगले प्रचार गरेर राष्ट्रप्रमुखको मर्यादा घटाउने खेल भइरहेको छ,’ ती सदस्यले आफ्नो नाम उद्धृत नगर्ने सर्तमा राष्ट्रपतिलाई विवादमा नमुछ्न आग्रह गर्दै भने, ‘उहाँले अहिलेसम्म कोही–कसैसँगको भेटघाट वा छलफलमा दोहोरिने चाहना प्रकट गर्नुभएको छैन ।’

ओली र प्रचण्डनिकट स्रोतले भने राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनले संक्रमणकालीन अवधि थोरै भएकाले एक कार्यकाल राष्ट्रप्रमुखमा दोहोरिने चाहना राखेको दाबी गर्‍यो ।

‘राष्ट्रप्रमुख र उपप्रमुखजस्तो पद छोटो समयमै फेरिरहँदा राष्ट्रलाई व्ययभार थपिने, भूतपूर्व भइसकेपछि मर्यादाभित्र रहिरहन असहज हुने भन्दै दुवैजनाले दोहोरिने चाहना राख्नुभएको छ,’ स्रोतले भन्यो, ‘कम्तीमा एक कार्यकाल जिम्मेवारी पूरा गर्न पाए हुन्थ्यो भन्ने उहाँहरूको आशय छ ।’

राष्ट्रपतिले धेरै उमेर नभइसकेको र पूर्वराष्ट्रपतिको हैसियतमा राजनीतिमा आउँदा आलोचना हुन सक्ने भएकाले पनि पुनः पाँच वर्षका लागि दोहोरिने चाहना प्रकट गरेको स्रोतको दाबी छ । साढे दुई वर्षअघि राष्ट्रपतिमा निर्वाचित भण्डारी अहिले ५६ वर्षकी भइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे