३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

नाता प्रमाणित गर्न वडाध्यक्षले एक बिघा जग्गा मागेपछि…

१७ फाल्गुन २०७४, बिहीबार ०१:४९

फागुन १७, काठमाडौँ । कृष्णनगर नगरपालिका कर्मागाउँकी दुलारमती कुर्मी वडा कार्यालयमा नाता प्रमाणित प्रमाणपत्र लिन पुगिन् । 

उमेरले ७० काटेको भए पनि उनी नागरिकताविहीन थिइन् । श्रीमानको मृत्यु भइसकेकाले उनले नागरिकता बनाउन सकिरहेकी थिइनन् ।

सरकारले वृद्धाभत्ताबापतका मासिक दुई हजार रुपैयाँ दिने भएपछि कुर्मी बुढेसकालमा नागरिकता बनाउन तातेकी हुन् । 

उनका छोराहरु पनि आमाको नागरिकता बनाउन अग्रसर छन् । आजको अन्नपूर्ण पोस्टको दोस्रो पृष्ठमा खबर छापिएको छ ।

चार छोरा र श्रीमानको नागरिकता बनेको छ तर उनको छैन । आमाको नागरिकता बनाउन जुटेका छोराहरु वडाध्यक्षले नाता प्रमाणित प्रमाणपत्रमा हस्ताक्षर गर्न नमानेपछि चिन्तामा परेका छन् ।

वडा नम्बर –६ का वडाध्यक्ष देवानन्द शुक्लाले नाता प्रमाणित गर्न एक बिघा जग्गा दिनुपर्ने सर्त राखेका छन् । जग्गा नदिँदासम्म सिफारिस नगर्ने उनको अडान छ ।

‘वडाध्यक्षले नाता प्रमाणित गर्न १ बिघा जग्गा माग्नुभयो,’ कुर्मीका छोरा सोमइले भने, ‘हामीले जग्गा दिन सकेनौं त्यसैले सिफारिस रोकिएको छ ।’ 

गाउँ विकास समिति हुँदादेखि नै नागरिकता बनाउन प्रयास गरेको तर नबनेको गुनासो उनले पोखिन् । ‘बुढेसकालमा नागरिकता बनाऊँ भन्ने धोको थियो, अधुरै रहने भयो,’ ७० बर्षीया कुर्मीले भनिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन