2026-09-15 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबोध बालकको हत्या कसरी राजनीतिक?

चैत ६, धनगढी | रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपथ ग्रहण र रिहा गर्ने तयारी भइरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन्। आपराधिक मुद्दालाई राजनीतिक नबनाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन्। अदालतको प्रक्रियामा गएको मुद्दा अदालतबाटै फैसला हुनुपर्ने उनीहरुको भनाइ छ। ‘अपराधीलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्यको महसुस हुन्छ,’ टीकापुर घटनामा मारिएका डेढ वर्षीय बालक टेकबहादुर साउँदका ६५ वर्षीय हजुरबा जंगबहादुर साउँदले भने, ‘न्यायालयबाट छुटेमा हाम्रो भन्नु केही हुन्थेन। अदालतले फैसला गरेर छोडेमा चित्त बुझे चुप लाग्ने र चित्त नबुझे उच्च अदालत र सर्वोच्च अदालत जाने बाटो खुला हुनेछ।’ सरकारले छाडेमा हामी पीडित कहाँ जाने उनको प्रश्न छ। 

‘सरकारले नै हाम्रो न्याय खोसेमा जनताका बीचमा आफ्ना पीडा राख्नेछौं,’ उनले भने। सरकारले न्याय नदिएमा जनताको साथबाट न्याय पाउने उनको आशा छ। सरकारले दबाब, प्रभाव र पहुँचका आधारमा अपराधीलाई उन्मुक्ति दिन थालेमा दण्डहीनता मौलाउने उनी बताउँछन्।

‘अनशन बस्दैमा अपराधीलाई उनमुक्ति दिने हो भने कारागार बनाउनुको के अर्थ हुन्छ?’ उनले भने, ‘मान्छे मारेर जो पनि १०–१५ दिन भोकै बस्न सकिहाल्छ नि।’ रेशम चौधरीलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीमा भेट गरेको र वर्तमान गृहमन्त्रीले जेलभित्र गएर जुस खाएको घटनाप्रति पीडितको आपत्ति छ। मिडियाले पनि पीडितका पक्षमा अवाज नउठाएको गुनासो उनले गरे। ‘मिडिया पनि मौन छ। हामी पीडितका पक्षमा कोही बोल्दैन,’ उनले भने, ‘आमाको काखमा खेलिरहेका डेढ वर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो?’ चुनाव जित्दैमा अपराध गरेकालाई छुट दिइनुपर्छ भन्ने न्यायसंगत नहुने उनले बताए।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले न्यायका लागि विभिन्न निकायमा धाउँदाधाउँदा आफू आजित भएको बताइन्। ‘रेशम चौधरीलाई सरकारले उन्मुक्ति दिने हो भने हामीलाई न्याय दिने कसले?’ उनले भनिन्, ‘यो अपराध हो, अपराधलाई राजनीतिक मुद्दा नबनाइदिनुहोस् भनेर सरकारलाई भन्दाभन्दा थाकिसक्यौं ।’ फरार रहेका रेशम चौधरी अदालतमा आत्मसमर्पण गरिसकेपछि मुद्दा अदालती प्रक्रियाबाटै टुंगिनुपर्ने उनको माग छ। ‘अदालतको प्रक्रियामा रहेका मुद्दामा अदालतलाई निष्पक्ष ढंगले फैसला होस् भन्ने हाम्रो माग हो,’ उनले भनिन्, ‘सरकारले आफूलाई मन परेका मान्छेका मुद्दा फिर्ता लिने हो भने कानुनी राज्यको के अर्थ रह्यो?’ आफूले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई भेटेर पीडितका पक्षमा बोलिदिन आग्रह गरेको उनले बताइन्। ‘रेशम चौधरी अनशन बसेर मर्ने अवस्था आउनु हुँदैन। अनशन तोडाउन सरकारसँग आग्रह गरेका छौं,’ आयोग अध्यक्ष अनुपराज शर्मालाई उधृत उनले भनिन्, ‘हामी भेट्न जाँदा अदालतमा विचाराधीन मुद्दा भएकाले बोल्न मिल्दैन। सरकारले मुद्दा फिर्ता लिएमा आवाज उठाउँछौ।’

मृतक बालककी आमा यशोदा साउँदले सरकारले सबै नागरिकलाई समान आँखाले हेरेर न्याय दिनुपर्ने बताइन्। ‘सरकार हामी सबैको अभिभावक होे, सरकारले नै अपराधीको पक्ष लिएर न्याय खोसेपछि हामी कहाँ जाने?’ उनले भनिन्।

२०७२ भदौ ७ गते टीकापुर ९ स्थित उनको घरको आँगनमा खेलिरहेका बेला गोली  लागेर उनका डेढ वर्षीय छोरा टेकबहादुरको ज्यान गएको थियो।

थरुहट राज्य माग राख्दै आन्दोलनमा उत्रिएका थरुहट पक्षधरले टीकापुर नगर प्रवेश गर्ने क्रममा टीकापुर पशु हाटबजार नजिक रोक्न खटिएका प्रहरीमाथि आक्रमण गर्दा एसएसपी लक्ष्मण न्यौपानेसहित आठ प्रहरी मारिएका थिए। –  यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ