२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्क नगरपालिकाको रनिङ्गशिल्डको उपाधि अर्घाखाँची आवसियलाई

२०७४, २७ चैत्र मंगलवार १५:३०

चैत २७, अर्घाखाँची | सन्धिखर्क नगरपालिका स्तरीय रनिङ्गशिल्ड प्रतियोगिताको उपाधि अर्घाखाँची आवसिय मावि सन्धिखर्क बेल्बाटिकाले हात पारेको छ । विभिन्न विधामा खेलाइएका खेलमा कुल १ सय ६८ अंक सहित अर्घाखाँचीले उपाधि उचालेको हो ।  १ सय २८ अंकका साथ गौरीशंकर इङ्गलिस वोर्डिङ्ग सन्धिखर्क द्वितिय र समान  १ सय २७ अंक लिएर युवा वर्ष जनता रविचित्र मावि सन्धिखर्क र जनज्योति मावि सन्धिखर्क तृतिय भएका छन् ।

 अर्घाखाँची आवसियले छात्रा कवड्डीमा प्रथम, छात्रा त्रिपल जम्पमा प्रथम, छात्रा कवड्डीमा द्वितिय, भालामा प्रथम, दुइ सय र चार सय  मिटर दौडमा प्रथम स्थान हासिल गरेको छ । यस्तै छात्रा रिले दौडमा द्वितिय, हाइजम्पमा द्वितिय लगायत अन्य खेलमा समेत अंक जोड्दै उपाधि जित्न सफल भएको हो । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडी तथा समुहलाई मेडल र प्रमाण पत्र वितरण गरिएको छ । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिद्धि प्रसाद भुसालले खेलाडीहरुलाई पुरस्कृत गर्नुभयो ।

 विजयी समुहलाई शिल्ड र ट्रफी राष्ट्रपति रनिङ्गशिल्डका विजेतासँगै प्रदान गरिने भएको छ । गत वर्षको सन्धिखर्क रनिङ्गशिल्डको उपाधि भगवति मावि शंखेटारीले हात पारेको थियो । खेलमा सामुदायिक र संथागत गरि १८ विद्यालयले भाग लिएका थिए ।  १८ वर्ष भित्रका खेलाडीहरुलाई मात्र खेलमा  सहभागि गराइएको थियो । उपाधि विजेता विद्यालयका प्रिन्सिपल श्रीकृष्ण भुसालले विद्यालयले पहिलो पटक रनिङ्गशिल्ड हात पार्नुलाई ठूलो सफलताको रुपमा लिएको बताउनुभयाे । ‘लगातार तिन पटक विजयी भएर शिल्ड कव्जा गर्ने योजनामा  लाग्ने छौं’ उहाले भन्नुभएको । उनले यसपटक राष्ट्रपति रनिङ्गशिल्डको  समेत उपाधि हात पार्ने गरि खेलाडीहरुलाई प्रशिक्षित गरेको बताउनुभयाे ।

भोली ( बुधबार ) देखि नवौं राष्ट्रिपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुँदैछ  । खेलको अर्घाखाँची जिल्लाका प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला