बुढीगण्डकीमा मुआब्जा बुझेपछि बालुवा तस्करी, स्थानीय प्रसासनद्वारा बन्द

Posted on: 27 Apr, 2018

वैशाख १४, धादिङ | बूढीगण्डकी जलविद्युत आयोजनाले चर्केको जग्गामा अवैध बालुवाखानी सञ्चालन गरिएको पाएपछि स्थानीय प्रशासनले बन्द गर्न आदेश दिएको छ ।

प्रशासनले बुधबार गरेको अनुगमनमा बूढीगण्डकी किनारका अवैध बालुवाखानी र बालुवा धुने एक दर्जन अवैध फिरफिरे उद्योग सञ्चालन गरिएको भेटिएको हो ।

ज्वालामुखी गाउँपालिकाअन्तर्गत पीपलटार र बुंकोटघाट तथा गोरखाको दर्बुङ, पट्टी लगायतका स्थानमा एक दर्जनभन्दा बढी अवैध बालुवाखानी सञ्चालनमा रहेको अनुगमनका क्रममा भेटिएको हो । 

राजमार्ग क्षेत्र वरपरका त्रिशुली नदीमा नदीजन्य पदार्थको उत्खनन् र बालुवा प्रशोधन उद्योग गत फागुन अन्तिम सातादेखि बन्द भएपछि बूढीगण्डकी किनारमा बालुवा तस्कर केन्द्रित भएका हुन् । - कान्तिपुरबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!