२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको इतिहासमै पहिलो पटक भदौ १ देखि खुला कारागार सञ्चालन हुँदै

२०७५, १८ बैशाख मंगलवार ०२:५५

वैशाख १८, काठमाडौं | नेपालको कारागारको इतिहामा पहिलोपटक खुला कारागार सञ्चालनमा आउने भएको छ । नेपालको कारागारको एक सयवर्षभन्दा लामो इतिहासमा पहिलोपटक खुला कारागार सञ्चालनमा आउन लागेको हो । 

यस वर्षको भदौदेखि बाँके जिल्लाको गानापुर भन्ने ठाँउमा खुला कारागार सञ्चालनमा आउने कारागार व्यवस्था विभागले जनाएको छ । सो ठाँउमा विगत पाँच वर्षदेखि खुला कारागार निर्माणको प्रक्रिया अघि बढाएको हो ।

विभागका शाखा अधिकृत दीपक न्यौपानेले अहिले जारी मापदण्डसंहितामा भएको व्यवस्थाअनुसार बाँकेको गानापुरमा खुला कारागार सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । खुला कारागारको व्यवस्था गरिएको दण्डसहिता भदै भदौ १ गतेदेखी लागू हुनेछ ।

‘सम्पूर्ण संरचनाको तयार नभए पनि दण्डसंहिता गरिएको बाध्यकारी व्यवस्था अनुसार थोरै संख्यामा भएपनि भदौदेखि खुला कारागार सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने । खुला कारागार निर्माण भइरहेको सो ठाँउमा अहिले दुईतले भवन निर्माण भइरहेको जानकारी दिँदै न्यौपानेले सोही भवनबाट नै भदौदेखि खुला कारागार सञ्चालन गरिने तयारी भइरहेको जानकारी दिए । – गोरखापत्रबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते