२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गोरे’ मोरङ प्रहरी हिरासतमा, यसरी समातिएका थिए

२०७५, ९ जेष्ठ बुधबार ०१:५८

जेठ ९, काठमाडौँ | साढे ३३ किलो सुन तस्करी र सनम हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई मंगलबार मोरङ अदालतमा उपस्थित गराई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा पठाइको छ। अभियुक्त उप्रेतीलाई प्रहरीले यति एयरलाइन्सको उडानबाट मंगलबार विराटनगर ल्याएको हो।

उप्रेतीलाई ल्याइएको विमान मंगलबार दिउँसो ३ बजे विराटनगर विमानस्थलमा अवतरण गरेको थियो। चर्चित सुनकाण्ड र सनम हत्याकाण्डका मुख्य आरोपित गोरेको समाचार संकलन गर्न गएका सञ्चारकर्मीलाई भने प्रहरीले छक्याएको थियो।

विमान अवतरण गरेपछि गोरेलाई भीआईपी र सर्र्वसाधारणले प्रयोग गर्ने बाटोको साटो विमानस्थलको सुरक्षार्थ राखिएको नेपाली सेनाको पूर्वपट्टि ब्यारेकभित्रको बाटो प्रयोग गर्दै बाहिर निकालिएको थियो।

सो ठाउँबाट जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर गोरेलाई जिल्ला प्रहरी कार्यालय मोरङ पुर्याइएको छ। गोरेलाई विमानस्थलबाट ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी निशान थापाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो।

समितिले सुनकाण्डमा संलग्न अन्य व्यक्तिहरू पक्राउ गरे पनि मुख्य योजनाकार गोरेलाई भने पक्राउ गर्न सकेको थिएन। सुनकाण्डका संलग्न प्रहरीका उच्च अधिकृत नै पक्राउ गरे पनि मुख्य योजनाकार गोरे फरार भएका थिए।

तर मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको गोरेलाई छानबिन समितिले पक्राउ गर्न सफल भएको थियो।

सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा साढे ३३ किलो सुनकाण्डको अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो । टोलीले साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौँ आएको सूचनाका आधारमा पक्राउ गरेको बताएको छ। टोलीले मंगलबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरेलाई सार्वजनिक गरेको हो।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न