पढ्न करिब 1 मिनेट लाग्छ

असार २२, काठमाडौं | प्रदेश ७ सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको खबर आजको कारोबारमा छापिएको छ ।

प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो ।

निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेको हो ।

बजेटमा व्यवस्था भएअनुसार सरकारले प्रदेशभित्र बस सेवा सत्तचालन गर्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले बताए ।