२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

रहश्यमय बन्दै निर्मला हत्या प्रकरण: दिलिपको सर्ट र कन्डम

२०७५, ७ भाद्र बिहीबार ०१:५४

भदौ ७, कंचनपुर | कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा प्रहरीले वास्तविक अपराधीलाई बचाउन खोजेको भन्दै व्यापारीहरुले स्वतःस्फूर्त रूपमा बजार–व्यवसाय बन्द गरेका छन् । 

प्रहरीले निर्मला हत्यामा संग्लन रहेको आरोपमा भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेपछि आन्दोलनले नयाँ रूप लिएको छ । खन्ना चौराहामा भेटिएका स्थानीय बासिन्दाहरुले दिलिपले यसअघि कुनै पनि महिलालाई दुव्र्यवहारसमेत नगरेको बताएका छन् । छिमेकी खेमा सुवेदीले भनिन्, ‘प्रहरीले भनेजस्तो बलात्कार र हत्या गर्न सक्ने शारीरिक क्षमता नै दिलिपसँग थिएन ।’ सुवेदीका अनुसार दिलिप शारीरिक भार पर्ने कुनै पनि काम गर्न सक्षमसमेत थिएनन् । ‘एक अँगालो दाउरा पनि बोक्न सक्दैनथे,’ सुवेदीले भनिन्, ‘सानो काम गर्दा पनि उनलाई स्वाँस्वाँ हुन्थ्यो ।’

दिलिपको त्यो सर्ट

चार सातासम्म चित्तबुझ्दो जवाफ र अनुसन्धान नगरेको प्रहरी एकाएक ४ भदौमा निर्मलाको घरमा पुग्यो । निर्मलाका बाबु यज्ञराजका अनुसार प्रहरीले निर्मलाको हत्या भएको स्थानमा अपराधीको केही प्रमाण छ भन्ने जानकारी गरायो । यज्ञराज पनि घटनास्थल गए । उनी भन्छन्, ‘घटनास्थलमा गएको २ मिनेटमै प्रमाण भेटियो भन्दै प्रहरी चिच्याए, अनि सर्टको खल्तीको कपडा र कन्डम बरामद गरियो ।’

रहस्यको विषय के छ भने १० साउनदेखि प्रहरी, स्थानीय, पत्रकार, नागरिक समाजका प्रतिनिधि, सीआईबीको टोली पटकपटक घटनास्थल पुग्दा नभेटिएको कपडालगायतका सामग्री अहिले त्यहाँ कसरी भेटियो ? प्रहरीले बलात्कारी भनिएका दिलिपकै सर्ट भएको दाबी गर्दै आएको छ ।

दिलिपको पारिवारिक स्रोतका अनुसार प्रहरीले दिलिपको घरमा गएर उनले लगाउने गरेको सर्ट मागेर लगेको थियो । पछित्यही सर्टको खल्ती च्यातेर घटनास्थलमा राखियो । अनि दिलिपलाई घटनाको मुख्य अभियुक्त बनाएर प्रस्तुत गरियो ।

मृतक निर्मलाका बाबु भन्छन – दिलिप हत्यारा हुँदै होइनन् 

निर्मला पन्तका बाबु यज्ञराज प्रहरीले दिलिपलाई देखाएर वास्तविक हत्यारालाई बचाउन खोजेको आरोप लगाउँछन् । उनले भने, ‘कञ्चनपुरका एसपी डिल्लीराज विष्टले मलाई थर्काइरहेका छन्, जबर्जस्ती दिलिपको नाममा किटानी जाहेरी गर्न दबाब दिइरहेका छन् ।’

यसअघि पनि कञ्चनपुरका एसपी विष्टले आफूलाई निर्मलाको शव नबुझे महेन्द्रनगरमा कर्फ्यु लगाएर गोली हान्ने चेतावनी दिएको बताए । त्यसो त एसपी पन्तले यसअघि उखुबारीमा बलात्कार नभएको तर आसपासमा भएको हुन सक्ने बताउँदै आएका थिए ।

‘घटनास्थलको प्रकृति हेर्दा उखुबारीमा बलात्कार भएको देखिन्न किनभने घटना भएको भनिएको स्थानमा प्रत्येक १ मिनेटमा कोही न कोही हिँडिरहेकै हुन्छ । न त त्यो घना जंगल भएको क्षेत्र हो न त भौगोलिक विकटताको क्षेत्र नै,’ एसपी विष्टले अनौपचारिक कुराकानीमा भनेका थिए ।

- आजको राजधानीमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ