२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पप्पुको लापरबाहीले बबई नदीको पुल भासिएको छानबिन समितिको ठहर

२०७५, १३ भाद्र बुधबार ०२:१०

भदौ १३, बर्दिया | ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ । 

समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो । कन्स्ट्रक्सनले पुल निर्माणका मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेका महाशाखाले जनाएको छ ।

‘निर्माण कम्पनीको गम्भीर लापरबाही देखियो’, उनले भने, ‘यो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको छ।’ यस्तै पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबबकैया नदीमा तोकिएको समयमै पुल नबनाएका कारण चारजनाको ज्यान गएको भन्दै प्रतिनिधिसभा सदस्य सत्यनारायण भगतले मंगलबार कारबाहीको माग राखेर गृह मन्त्रालयमा किटानी जाहेरी दिएका छन् । 


भगतले कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारविरुद्ध किटानी जाहेरी दिएको समाचार नागरिक दैनिकले छापेको छ । रौतहटको गौर नगरपालिका–४, टिकुलियास्थित लालबकैया नदीमा कन्स्ट्रक्सनले पुल निर्माण ठेक्का लिएको थियो ।

- यो समाचार आजको कान्तिपुरमा छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते