२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्योतिषको भेषमा पाँच महिनादेखि किशोरी बलात्कृत, यसरी खुल्यो रहश्य

२३ भाद्र २०७५, शनिबार ०२:३३

भदौ २३, नेपालगन्ज | बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । 

बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । 

झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको बिहीबार साँझ प्रहरीमा जाहेरी आएको थियो ।

बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । 

आफूलाई साईबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन् । बाहिर कसैसँग कुरा गरे जे पनि हुन सक्ने भन्ने आरोपित साईबाबाले धम्की दिएका कारण आफूले कसैलाई नभनेको पीडितले बताइन् ।

पटक–पटकको बलात्कारका कारण बालिकाले गर्भधारण गरेपछि झारफुक गर्ने बाबाले बिहीबार गर्भपतनको औषधि खुवाएको र योनीबाट रक्तस्राव नरोकिँदा ती बालिकाले आमालाई घटनाबारे बताएकी थिइन् । आमाले थाहा पाएपछि घटनाबारे खुलासा भएको पीडितका काकाले जानकारी दिए ।

पीडितको जाहेरी आउनेबित्तिकै साईबाबा भनिने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

उनले भने, ‘पीडितको जाहेरी आउनेबित्तिकै आरोपित साईबाबा भन्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं । प्रारम्भिक बयानमा केही महिनादेखि झारफुकको बहानामा अभियुक्तले यौनजन्य क्रियाकलाप गर्दै आएको खुलेको छ ।’ 

- आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो