२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पाणिनि गाउँपालिकामा शिक्षा दिवसमा विभिन्न कार्यक्रम

२३ भाद्र २०७५, शनिबार १५:१७

भदौ २३, अर्घाखाँची | ३९ औ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस अर्घाखाँचीको पाणिनि गाँउ पालिकामा भब्य रुपमा मनाइएको छ । 

पाणिनि गाँउपालिकाको आयोजनामा दुर्गाफाटमा भएको कार्यक्रममा शिक्षामा योगदान पुराउने ब्यक्ति , शिक्षक तथा विद्यार्थीलाइ सम्मान, पुरस्कृत तथा कदर पत्र प्रदान गरिएको छ । 

कार्यक्रममा आधारभुत तह, माध्यमिक तह तथा एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट अध्यापन गराउने शिक्षक, राम्रो काम गर्ने विद्यालय ब्यबस्थापन समिति, विद्यालय कर्मचारीलाइ सम्मान पत्र, नगद र दोसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरिएको छ । 


कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले शिक्षाको गुण स्तर बृद्धि गरि ब्यवहारिक शिक्षामा जोड दिनु पर्नेमा जोड दिनु भयो । गुणस्तरीय शिक्षा विना देसको विकास सम्भव नभएको बताउनु भयो । 

गाँउपालिकाको अध्यक्ष अच्युत गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाँउपालिकाकि उपाध्यक्ष लक्ष्मी गौतम, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख मणिराम पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलक गौतम, गाँउ शिक्षा समितिका अध्यक्ष गुणखर अधिकारी, नेरामाविका प्रधनाध्यापक पुस्करराज पोख्रेल, स्रोत ब्यक्ति यादव प्रसाद घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो । 

कार्यक्रम पाणिनि गाँउ पालिकाका शिक्षा शाखा प्रमुख कृष्ण पोख्रेलको स्वागत र स्रोत ब्यक्ति ठाकुर गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान