२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमाउन साउदी पुगेकै दिन जेल !

२०७५, ११ मंसिर मंगलवार ०४:०४

मङ्सिर ११, काठमाडौं | बराहक्षेत्र नगरपालिका २ सुनसरीका भुपाल बस्नेतके सकेसम्म स्वदेशमै केहि काम गरौँ भन्ने सोच थियो । 

सोही सोचले गर्दा उनले पहिलोपटकको वैदेशिक रोजगारी त्यागे पनि । वैदेशिक रोजगारीबाट खासै प्रगति हुने नदेखेपछि साउदी अरेबियाबाट घर फर्केका बस्नेतले गाउँमै उद्यमका लागि अनेक प्रयत्न गरे । तर, उनले सोचे अनुसार देशको अवस्था कहाँ छ र ? 

विशेष सीप वा लगानी गर्न सक्ने पुँजी नहुँदासम्म गुजारा चलाउन हर कोही युवालाई अप्ठेरो कायमै छ । उनी पनि सोही अप्ठेरोबाट अछुतो रहन सकेनन् । यस्तै अप्ठेरोले गर्दा बैदेशिक रोजगारीको सपना त्यागेका ३७ बर्षीया बस्नेतलाई पुनः सोही बाटो अवलम्बन गर्न बाध्य बनायो । 

किनकी स्वदेशमा उद्यम गर्नलाई जति प्रयास गर्दा पनि उनी असफल भए । अनि २०६३ को जेठ ९ गते उनले पुनः वैदेशिक रोजगारीको बाटो तताए । एक मनले विदेश जाने र अर्को मनले अन्योलमै रहेको बेला शुरु गरेको दोस्रोपटकको वैदेशिक रोजगारीले भने यतिखेर उनलाई संकटको भुमरिमा पुर्याएको छ । 


कमाउन साउदी पुगेकै दिन भुपाल पक्राउ परेका छन् । 

उनलाई अघिल्लोपटक साउदीमा भएको एक सडक दुर्घटनाको कारण देखाउँदै दोषी ठहर्याइएको छ । 

साउदीको जेलबाट मुक्त हुन भुपालले ७५ हजार तीन सय साउदी रियाल करिब २३ लाख रुपैयाँ को जोहो गर्नुपर्ने भएको छ । 

- आजको नागरिक दैनिकमा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते