मंसिर २२, कञ्चनपुर । निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युयकमा अनुसन्धान केन्द्रित गरेको छ ।

भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई काठमाडौंबाट नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीसँगको बयानमा रावलले घटनामा आफ्नो संलग्नता रहेको भनी स्वीकार गरेको प्रहरीको उच्च स्रोतले बताएको छ ।

यसअघि दिलीप विष्टले पनि प्रहरीसँगको बयानमा घटनामा संलग्नता रहेको भनी स्वीकार गरेका थिए । तर, पछि डिएनए जाँच भने मेल खाएका थिएनन ।

‘हामी प्राविधिक पक्ष हेरिरहेका छौँ । साईन्टिफिक प्रुफ हुनुपर्छ ।’ हामी अनुसन्धानमै छौँ, सिआईबीका एक उच्च अधिकारले भने ।

‘हामीसँग बयान स्वीकार गर्नुले मात्र केहि अर्थ राख्दैन, त्यसैले अहिल्यै केहि भन्न सकिन्न ।’

निमर्लाको वडासँग सिमाना जोडिएको वडा १८ निवासी रावल करिब डेढ महिनाअघि महनेन्द्रनगरबाट काठमाडौं गएका थिए ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

उनको खोजीमा सक्रिय प्रहरीले सुराकीका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

लागुऔषध दुव्र्यसनी रावलको बयानपछि उनकै वडाका अन्दाजी १७ बर्षीय विशाल चौधरी र दिनेश चौधरीलाई पक्राउ गरेर जहाजबाट बिहीबार काठमाडौं पठाईएको थियो । नागरिक दैनिक