मङ्सिर २५, डोटी | सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ ।

त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् ।

प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी पहिरोले दुख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ । डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका –६ गिरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।