२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार !

४ पुष २०७५, बुधबार ०२:५०

पुस ४, गोरखा | पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ।

धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय लोकबहादुर गुरुङले जानकारी दिए। साबिक सिर्दीबास गाविसको सबैभन्दा पुरानो गाउँ मानिने यहाँ १९ घर छन्। यसलाई कर तिर्ने गाउँका रूपमा पनि चिनिन्छ।

‘सिर्दी भनेको कर हो’, गुरुङले भने, ‘गाउँछेउ ठूलो रुख छ। बाजेका पालामा १८ सय खोलाको कर त्यही रुखको फेदमा लिनेदिने चलन थियो।

कर तिर्ने र उठाउने त्यहीं बास बस्थे। त्यसैले ठाउँको नाम नै सिर्दीबास भयो।’ अहिले सिर्दीबासभन्दा केही तलको गाउँमा लार्के भन्सार कार्यालय छ। कर अथवा जगाती उठाउने ठाउँ भएकाले सो गाउँलाई जगत भनेर चिनिन्छ।

यहाँ कोही बिरामी भए कर लेनदेनमा खटपट भएर, करले पिरेर बिरामी परेको ठान्ने चलन छ। ‘पोकोभित्र नुन, चामल र पैसा राखिन्छ’, उनी भन्छन्, ‘निको भएपछि देउताको थानमा त्यो पोको चढाएर पूजा गरिन्छ।’ अर्का स्थानीयका अनुसार बाबुबाजेको पालामा सिर्दी नामको भोटेनुन बेच्ने र किन्नेहरू बास बस्ने भएकाले सिर्दीबास भनिएको हो।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता