२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी: सिंगै बस्ती एउटैको नाममा, ८९ परिवार समस्यामा

२०७५, ७ पुष शनिबार ०३:५०

पुष ७, परासी | झुम्म परेको बस्तीको जमिन ३/४ पुस्तादेखि भोगचलन हुँदै आएको छ । गाउँ ब्लकको पुर्जा प्राप्त गरेकाले पञ्चायतकालदेखि घरधुरी कर बुझाएको कागजात पनि सुरक्षित छन् ।

यहाँका बासिन्दा थोरै जमिनको भए पनि आफूलाई धनी ठान्दै आएका थिए । अहिले नापी कार्यालयको फिल्ड बुक हेर्दा भने उक्त गाउँ एक व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयवासीको निद्रा हराएको छ ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६, सनहीमा यस्तो समस्या देखिएको हो । 

यहाँको एउटा पूरै बस्ती एक व्यक्तिको नाममा रहेको तथ्य फेला परेपछि समस्या देखिएको छ । त्यसले भोगचलन गर्दै आएका स्थानीय ८९ परिवार समस्यामा छन् ।

यो खबर आजका कान्तिपुर दैनिकमा छ, पाल्हीनन्दन गाउँपालिका–६ का राजेश साहनी साबिकको सनही गाविस अध्यक्ष हुन् । उनी अध्यक्ष रहेका बेला गाविसले स्थानीयलाई गाउँ ब्लक पुर्जा वितरण गरेको थियो । धनीपुर्जा दिँदासमेत बस्ती व्यक्तिको नाममा रहेको कसैलाई थाहा भएन ।

अहिले आफ्नो घरजग्गा व्यक्तिको कित्तामा देखिएपछि आश्चर्यमा परेका छन् । ‘२०२४ सालमा नापी गर्ने कर्मचारीको मिलेमतोमा यस्तो भएको हुनसक्छ,’ साहनीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते