२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङबाट विदेश गएका २३ जना युवा विदेशमै बेपत्ता

१८ पुष २०७५, बुधबार ०३:३९

पुष १८, धादिङ | कमाइ गर्ने सुन्दर सपना बोकेर विभिन्न समयमा धादिङबाट विदेश गएका २३ जना युवाहरू विदेशी भूमिमै बेपत्ता भएका छन् ।

विदेश गएका युवाहरू २ देखि १६ वर्षभन्दा बढी वर्षदेखि बेपत्ता भएको परिवारजनले बताएका छन् । घरसल्लाह गररे विदेश गएकाहरू वर्षौंदेखि बेपत्ता भएपछि परिवारमा चिन्ता थपिएको छ । वृद्ध बाबुआमाको सहारा गुमेको छ भने बालबच्चाले अभिभावक गुमाएका छन् । सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन् । १२ जना मलेसियामा, ४ कुवेतमा, २–२ जना साउदी अरब सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएका छन् । 

धादिङको उत्तरी क्षेत्रका साविकका पाँच गाविसबाट बेपत्ता हुने क्रम बढ्दै गइरहेको छ । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरश्वर, जोगीमारा, थाक्रे, नलाङ, धुवाकोट, तसर्पु, सल्यानटारलगायत गाविस र नीलकण्ठ नगरपालिकाबाट विदेश गएर बेपत्ता भएका छन् ।

परिवारका सदस्यले बेपत्ता भएका परिवारका सदस्यलाई उद्धार गर्नका लागि सूचना तथा परामर्श केन्द्रमा उजुरी दिने गरका छन्  । जिल्ला प्रशासन कार्यालयनजिकै वैदेशिक रोजगारीमा जानेका लागि स्विस सरकारको सहयोगमा आप्रवासी सूचना केन्द्र सञ्चालनमा रहेको छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य