२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भ्रष्ट देशको सूचीमा, विश्वका १८० देशमध्ये १२४ औं स्थानमा

२०७५, १६ माघ बुधबार ०१:४४

माघ १६, काठमाडौं- भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपाल १२४ औं स्थानमा उक्लेको छ। गत वर्षको तुलनामा यस वर्ष नेपालले गत वर्षको जस्तै समान अंक ३१÷३१ पाएको छ। गत वर्ष नेपाल ३१ अंक पाएर १२२औं स्थानमा थियो।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा १ सय ८० मुलुकमध्ये नेपाल १२४औं स्थानमा पुगेको छ।

ट्रान्सपरेन्सीले १ सय ८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यवसायीको अवधारणालाई मूल्यांकन गर्दै यो सूचकाङ्क सार्वजनिक गरेको हो। सूचकाङ्कमा १०० पूर्णाङ्कले स्वच्छ र ० अंकले अति भ्रष्टाचार हुने संकेत गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ।

त्यस्तै कुल १०० मा ८८ अंक प्राप्त गरी डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र १० अंक प्राप्त गरी सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ।

दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रहेको पाइएको छ। ६८ अंक प्राप्त गरेको भुटान २५औं स्थानमा छ। यसै गरी ४१ अंक प्राप्त गरी भारत ७८औं स्थानमा, ३१ अंक प्राप्त गरी मालदिभ्स र नेपालसँगै १२४औं स्थानमा, २६ अंक प्राप्त गरी बंगलादेश १४९औं स्थानमा र १६ अंक प्राप्त गरी अफगानिस्तान १७२औं स्थानमा छन्। त्यस्तै ३८ अंक प्राप्त गरी ८९औं स्थानमा श्रीलंका रहेको छ भने ३३ अंक प्राप्त गरी पाकिस्तान ११७औं स्थानमा रहेको जनाएको छ। नेपालको उत्तरी छिमेकी मुलुक चीन भने ३९ अंक प्राप्त गरी ८७औं स्थानमा रहेको सूचकाङ्कमा उल्लेख छ। नेपाल समाचारपत्रमा यो खबर छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो