२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘छाया मन्त्री बन्न’ पनि कांग्रेसमा होडबाजी

१७ माघ २०७५, बिहीबार ०२:३९

माघ १७, काठमाडौँ | संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन घोषणा गरेको प्रमुख प्रतिपक्ष कांग्रेसलाई आकांक्षी व्यवस्थापन गर्नै हम्म परेको छ । अधिकांशले शक्तिशाली र आकर्षक मन्त्रालय ताकेपछि अलमल बनेको हो ।  यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

पार्टीभित्र र बाहिरसमेत प्रतिपक्ष भूमिका कमजोर भएको भन्दै आलोचना बढेपछि कांग्रेसले मन्त्रालयगत रूपमा सरकारको निगरानी बढाउन छाया सरकार बनाउने निर्णय लिएको थियो।

तर सांसदहरूले वास्तविक सरकार गठनकै जस्तो इच्छाएको मन्त्रालय पाउन ‘भनसुन’ गर्न थालेका छन्। प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड र राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले छाया सरकार गठनको गृहकार्य गरिरहेका छन्।

नेता खाँडले छाया सरकार नभनी संसदीय समितिमा रहेका सांसदलाई समितिअन्तर्गतका मन्त्रालय निगरानी गर्ने गरी जिम्मेवारी दिइने बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सबै मन्त्रालय हेर्न २२ वटा समिति बनाउने तयारी छ। यसका लागि इच्छाएको मन्त्रालय हेर्ने गरी सांसदको नाम मागिएको थियो।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली