पढ्न करिब 3 मिनेट लाग्छ

माघ २४, डोटी | नेपाल महिला संघ डोटीले आयोजना गरेको नगर स्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा ५ दर्जन महिला नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रवेश गर्नेमा शिखर नगरपालिका ४ गरूणीका महिला वडा सदस्यका उम्मेद्वार डम्मरी बि.क., शिखर नगरपालिका ८ तिलतालीकी वडा सदस्यकी उमेदवार विष्ना साउँद सहित बिहिबार ६० जना महिलाहरू काँग्रेसमा प्रवेश गरेका हुन् । वडा सदस्यका उमेद्वार द्वय संघियता पछिको पहिलो स्थानिय तहको निर्वाचनका उमेदवार हुन् ।

नेकपाको सरकार तथा नेता कार्यकर्ताहरू लोकतन्त्रबाट स्खलित भएको र उनीहरूमा नैतिक संकट आएकोले आफुहरूले नेकपा छोड्नु परेको वडा सदस्यकी उमेदवार साउँदले वताइन ।

यसै कार्यक्रम संगै नेपाली काँग्रेस डोटीले शिखर नगरपालिकाको पहिलो नगर सम्मेलनको पनि आयोजना गरेको छ । दुबै कार्यक्रमको संयूक्त रूपमा उद्घाटन गरिएको हो ।

नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापती तथा शिखर नगरपालिकाका नगर प्रमुख सीताराम जोशीको सभापतीत्वमा उद्घाटन गरिएको कार्यक्रममा प्रमुख अतिथि नेपालि काँग्रेस डोटीका सभापती प्रदिप देउवा रहनु भएको थियो । कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य तथा धनगढी उपमहानगरपालिकाका उप प्रमुख शुशिला मिश्र बिशिष्ठ अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै काँग्रेस जिल्ला सभापती प्रदिप देउवाले नेकपाले जनताहरूलाई झुट्टा आश्वासन देखाएर छलकपट गरी दुइतिहाइ बनाएका कम्यूनिष्टहरुलाइ जनताले छोटो समयमै चिनेर सरकार प्रतिको विश्वास टुटाइ सकेको बताउँनु भयो । सभापती देउवाले हिजोका दिनमा हिन्दु संस्कारको बिरुद्धमा लागेका कम्यूनिष्टहरु आज क्रिस्चियन धर्मको दलाल भएको आरोप समेत लगाउँनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य शुशिला मिश्रले पार्टी तथा संगठनको काममा क्रियाशिल हुने तर कागजी रूपमा सक्रिय सदस्यता नलिने गरेकाले महिलाहरू पछि परेको बताउँदै काममा सक्रिय महिलाहरूले अनिवार्य सक्रिय सदस्यता लिन आग्रह गर्नुभयो । उहाँले काँग्रेसको गौरवमय इतिहास रहेको बताउँदै काँग्रेसले लडेर ल्याएको स्वतन्त्रताका कारण कम्यूनिष्टहरू अहिले यहाँसम्म पुगेको बताउँनु भयो ।

उद्घाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका क्षेत्रीय सभापती तथा शिखर नगरपालिका संयोजक सिताराम जोशीले नेपाली काँग्रेसलाइ बुझेर पार्टीमा आएका व्यक्तिहरूले लोकतन्त्र प्रती वफादार भै जनताको अधिकाका लागि लड्दै पार्टीलाई बलियो बनाउनेमा विश्वास ब्यक्त गर्नु भयो । उहाँले नगरपालिका भित्रका महिलाहरूको हकहितका लागि नगरपालिका सधै लागि पर्ने र महिलाको सर्वाङ्गिण विकास, नेतृत्व विकासका लागि पहल गर्ने बताउँनु भयो ।

जिल्ला स्थित नेपालि काँग्रेसका नेता, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य विभिन्न भातृ तथा सुभेच्छुक संघ संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिखर नगरपालिकाकी उप प्रमुख धोलीदेवी रावलले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेपालि काँग्रेसका जिल्ला सदस्य टिकाराम फुलाराले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि लाल बहादुर बिक, काँग्रेस नेता दिपक बहादुर शाही, काँग्रेस जिल्ला सदस्य जीत खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बिहिबार उद्घाटन गरिएको प्रशिक्षण कार्यक्रम दुइ दिन सम्म संचालन हुने नेपाल महिला संघ डोटी शाखाकी सभापती माया कुँवरले बताउनु भयो । दुइ दिन सम्म संचालन हुने उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य मिश्रले प्रशिक्षण दिनु हुनेछ ।