२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरमा छापा: कामदारलाई म्यानपावरमै थुनेर पैसा अशुली गर्दै गरेको भेटियो (भिडियो सहित)

२८ माघ २०७५, सोमबार १०:२८

माघ २८, काठमाडौं । बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा हानेको हो ।

म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको गुनासो बैदेशिक रोजगार मोबाइल एपमा आएपछी सोहि सूचनाको आधारमा उक्त म्यानपावरमा छापा हानेको हो । सुर्खेतका दुई युवाले सो गुनासो गरे लगत्तै बैदेशिक रोजगार एप मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको थियो । ध्यानाकर्षण लगत्तै विभाग टोलि आइतबार सांझनै उक्त म्यानपावरको अनुगमनमा  पुगेको थियो तर आइतबार साँझ ढिला भएका कारण म्यानपावर कम्पनी बन्द भएकोले  विभाग टोलिले सोमबार (आज) म्यानपावरमा छापा हानेको हो । 


आज विभाग टोलि र संचारकर्मी सहित म्यानपावर कम्पनीमा पुग्दा २/३ जना कर्मचारी बाहेको कोहि थिएन । सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले म्यानपावर सुनसान जस्तै देखेका थिए तर पछी थाहा भयो कि कामदारलाई कोठा भित्रै राखेर लक गरि रकम अशुली गरिएको थियो । भीत्र बाट पैसा बुझाउने कामदारले भीत्र रहेको सूचना दिएपछी १ लाख ३० हजार गन्दै गरेका म्यानपावरका एजेन्ट पैसा टेवलमै छाडेर उक्त कोठाबाट बाहिरिएका थिए । आफुहरुलाई भित्र थुनेर पैसा अशुली गरेको र अनुगमन टोली आएको थाहा पाएपछि पैसा लिएको छैन भन्ने बहाना बनाउन गन्दै गरेको पैसा टेवलमै छाडेर बाहिरिएको कामदारहरुले बताएका छन् । 

विभाग टोलि म्यानपावर कम्पनीमा पुगेको जानकारी पाए लगत्तै रकम लिंदै गरेका व्यक्ति पैसा लिएको छैन भन्दै बाहिर निस्केका थिए । १ लाख ५० हजार मागेको म्यानपावरले यसअघि एजेन्ट मार्फत २०/२० हजार रकम लिईसकेको पीडितले जानकारी दिएका छन् । 

म्यानपावर कम्पनीबाट डिमाण्डका पुर्व र अन्तिम फाइल, विभिन्न रसिद लगायत नगद १ लाख ३० हजार सहित सामाग्री विभागको अनुगमन टोलीले जफत गरेको छ । साथै रकम लिंदै गरेका कर्मचारी र म्यानपावर संचालकलाई बयानका लागि नियन्त्रणमा लिएर विभाग लगेको छ । विभागले आवश्यक अनुसन्धान गरि पीडितलाई सरकारले तोकेकै रकममा दुवई पठाउने र आवश्यक थप अनुसन्धान गर्ने जानकारी दिएको छ । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली