२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सापटी लिएको रकम लिन बोलाएर बलात्कार, प्रहरी नायब निरीक्षक पक्राउ

२०७५, ५ फाल्गुन आईतवार ०३:२०

फागुन ५, मुगु | मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित महिलालाई बलात्कार गरेको आरोपमा जिल्लाको चैनस्थित अस्थायी प्रहरी चौकीका सई सूर्यबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

छायानाथ रारा नगरपालिका वडा नम्बर ५ घर भई हाल सदरमुकाम गमगढीमा बस्दै आएकी ती महिलालाई केही दिनअघि सापटी लिएको पैसा लिन आउ भनी बोलाएको र शुक्रबार साँझ लिन जाँदा साढे ६ बजेतिर सई शाहीले बलात्कार गरेको मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको स्थायी घर हुम्लाको चंखेली गाउँपालिकाको दार्मा गाउँ रहेको बताइएको छ । 

पीडितका श्रीमानका अनुसार आफू काम विशेषले घर बाहिर गएको र साझँ घरमा श्रीमती नदेखेपछि सोध्दा सालीले कसैले पैसा लिन बोलाएकोले त्यतैतिर गएको बताएकी थिइन् । तर लामोसमयसम्म पनि नआएपछि खोज्दै जाँदा चैन गाउँ जाने भीर बाटोमा आफूले श्रीमती भेटेको उनले बताए । 

- यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो