२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू फोन अफ गरेर बेपत्ता

१० फाल्गुन २०७५, शुक्रबार ०१:३३

फागुन १०, काठमाडौं | मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।

अस्ट्रेलियन सरकारले नर्सिङ कोर्सको सम्बन्धन नदिएको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा मनपरी रुपमा विद्यार्थी पठाएपछि त्यहाँ पढाइ सकेर प्रमाणपत्र लिने अवस्थामा पुगेका विद्यार्थीको भविष्य अन्योलमा परेको हो ।

सम्बन्धन नै नदिएको एआईबीटी कलेजमा सबैभन्दा बढी विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट रहेको छ । एक्सपर्टबाट मात्रै करिब २ सयको हाराहारीमा विद्यार्थी गएका छन् । त्यसपछि मर्सी, कंगारु, अल्फाबिटा, काठमाडौं इन्फोसिस, इम्पल्स, सनराइज, एनमार्क पोखरा, मोडल ग्लोबल, एबीसीलगायत तीन दर्जन कन्सल्टेन्सीबाट ती विद्यार्थी सिड्नीस्थित एआईबीटीमा पढ्न पुगेका हुन् ।

बढी कमिसन आउने लोभमा परेका ती कन्सल्टेन्सीले मनपरी रुपमा विद्यार्थी पठाउँदा समस्या देखिएको हो । अहिले एआईबीटीमा भर्ना गर्ने कन्सल्टेन्सीका अधिकांश सञ्चालकको फोन अफ रहेको छ । गलत क्रियाकलाप गरेका कारण उनीहरु फोन अफ गरी बेपत्तासरह भएका छन् । नेपालमा केही कन्सल्टेन्सीले अस्ट्रेलियामा समेत कन्सल्टेन्सी खोलेर विद्यार्थीबीच चलखेल गर्न यस्तो रणनीति अपनाएको हुन सक्ने आशंका गरिएको छ ।

अस्ट्रेलियामा एक्सपोर्ट, अल्फाबिटा, कंगारुका लोकल कन्सल्टेन्सी सञ्चालित छन् । स्रोतका अनुसार अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को कलेजमा ट्रान्सफर गर्दा मनग्य नाफा हुने भएपछि समस्यामा परेका विद्यार्थीलाई नेपालका कन्सल्टेन्सीको बद्नाम गर्न खोजिएको हो । यो खबर आजको समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली