२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत–पाकिस्तानबीच तनाव, नेपालमा उच्च सुरक्षा सर्तकता

१५ फाल्गुन २०७५, बुधबार ०१:४३

फागुन १५, काठमाडौं । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुवै मुलुक वीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

एक अर्को मुलुक विरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

दुई देशबीच तनाव भएपछि नेपालको भूमी प्रयोग गरी कुनै अबाञ्छित गतिविधि नहोस् विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) देवबहादुर बोगटीले जानकारी दिनुभयो । ‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रु माथि निगरानी बढाइएको छ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ’–उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

साथै नेपाल हुँदै खाडी मुलुक जाने–आउने विमानका यात्रु र यात्रुका ‘लगेज’ माथि पनि निगरानी बढाइएको बताउँदै एसएसपी बोगटीले भन्नुभयो–‘ कुनै अबाञ्छित व्यक्ति र समुहको घुसपैठको संभावना हुन नदिन सुरक्षा निकाय ‘अलर्ट’ बनेको छ ।’ यसका लागि प्रहरीसँग उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको उहाँले बताउनुभयो ।

भारतले मंगलबार बिहान सबेरै लडाकु विमान मार्फत पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै मुलुकले सुरक्षा रणनीति बढाएका छन् । शक्तिशाली विस्फोटमा ३ सय भन्दा बढी आतंककारी मारिएको भारतीय पक्षको दावी छ भने भारतीय आक्रमणको पुष्टी गरेको पाकिस्तानले पनि मानवीय क्षति नभएको दावी गरेको छ ।

भारतीय विदेश सचिव विजय गोलखेले गत फेबु्रअरी १४ मा कास्मिरको पुलवामा भएको आत्मघाती हमला भएजस्तै घटना फेरी दोहोरिन सक्ने पूर्व सूचनाका आधारमा मंगलबारको हमला गरेको बताउनु भएको छ । यो खबर नेपाल समाचारपत्रमा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली