२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु दर्शना

२०७५, १७ फाल्गुन शुक्रबार २१:००

फागुन १८, काठमाडौं – अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो । त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो ।

स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन । ०७० को असोज/कात्तिकदेखि नै म सक्रिय राजनीतिमा छु । यो आरोप यहीँबाट क्लियर गर्दै जाऊँ । म राजनीतिमा लाग्नुको पछाडि केही सामान्य कारण छन् । मेरी हजुरआमाको पालामा पनि नेपाल विकासोन्मुख देश थियो, मेरी आमाको पालामा पनि विकासोन्मुख देश नै थियो । म सानो हुँदाखेरि सामाजिक शिक्षा पढ्दै गर्दाखेरि पनि नेपाल विकासोन्मुख देश हो भनेरै थाहा पाइयो । अहिले मेरा सहपाठीहरू जसले विवाह गरिसके, उनका नानीहरूले पनि त्यही कुरा पढ्दै छन् ।

मेरो एउटा प्रश्न थियो । हामीले कति पुस्तासम्म नेपाल विकासोन्मुख देश हो भनेर भनिरहने त ? त्यो प्रश्नको उत्तर खोज्दै जाँदा राजनीतिमा गएर ठोक्कियो । राजनीतिबाटै यसको समाधान छ भन्ने मेरो विश्वास हो । त्यो मात्रै नभइकन नेपाली समाज, त्यसमा पनि पितृसत्ताको जड कति छ भन्ने पनि मैले बुझेँ एकल आमा भएका कारणले । नागरिकता पाउन कति सकस छ भन्ने बुझेँ । बुझ्दै गर्दाखेरि फेरि पनि सबै कुरा ठोक्किने राजनीति र राजनीतिकर्मीमा । पछि गएर तिनै राजनीतिकर्मीहरूले समग्र देशलाई हेरेर बनाउने नीति–नियम रैछ । त्यसैले, म यही क्षेत्रमा लाग्नुपर्छ भन्ने बुझेर राजनीतिमा लागेकी हुँ ।

०७४ को स्थानीय चुनाव म जन्मेपछि भएको दोस्रो स्थानीय निर्वाचन थियो । पहिलो निर्वाचनका वेला त म भर्खर बामे सर्दै थिएँ । २० वर्षसम्म स्थानीय चुनाव भएन, त्यसमा म र मेरो पुस्ताको गल्ती छैन । हामी हुर्किँदै गर्दाखेरि कहिले पनि ठेलमठेल नभएको गाडी पनि हुन सक्छ भनेर सपना पनि देख्न सकेका थिएनौँ । ट्राफिक जाम भनेको हाम्रो नियति नै हो, यसलाई भोग्नैपर्छ भनेर हुर्कियौँ । अहिलेसम्म धेरैजनाको दिमागमा त्यही छ । तर, यी सबै गलत कुरा हुन् । यस्ता कुराहरू त स्थानीय सरकारले गर्न सक्छ भन्ने मेरो विश्वास हो । स्थानीय सरकारका बारेमा अध्ययन नै नगरीकन पनि हामीहरू आएका होइनौँ । म र मेरा साथीहरू ‘स्थानीय सरकार भनेको कार्यकारी हो, यसले गर्न सक्ने धेरै कामहरू छन्, कमसेकम आफ्नो सहर–गाउँसम्म त बदल्न सकिन्छ’ भनेरै चुनावमा आएका हौँ । हो, सम्पूर्ण कुराहरू हामीले भनेका मात्रै ठीक छन् वा हामीले मात्रै बुझेका छौँ भनेरचाहिँ म ठोकुवा गर्दिनँ । हरेक दिन नयाँ अध्ययन गर्दै/सिक्दै जानुपर्छ । याे समाग्री नयाँ पत्रिकामा खगेन्द्र पन्तले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो