३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम खट्दै, नयाँ शक्तिको आकार घट्दै

२० फाल्गुन २०७५, सोमबार ०२:५०

फागुन २०, काठमाडौं | डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी)लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि ३० जेठ ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे ।

नयाँ शक्ति घोषणाको तीन वर्ष हुन लाग्यो । वैकल्पिक आन्दोलन निर्माण गर्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराई खटेको खट्यै छन् । तर, उनको शक्ति भेन घटेको घट्यै । सुरुमा उनलाई साथ र्दिका धेरै पूर्वमाओवादी सहायत्रीले एकएक गरी छाड्दै गएका छन् । पछिल्लो पटक उनले एक महिने जागरण यात्रा पनि सम्पन्न गरे । नयाँ शक्तिका नेता नवराज सुवेदी दाबी गर्छन्, ‘यो एक महिने यात्राले जनतासँगको सम्बन्ध थप बलियो बनाएको छ ।’

तर, राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको तत्काल कुनै प्रभावकारी भूमिका देखिने छाँट छैन । उल्टो, गएकै साता रसुवाको प्रदेश सांसदसमेत नेपाली कांग्रेसले लुछ्न खोज्यो । बाबुराम भने अझै थाकेका गलेका देखिनन् । भन्छन्, ‘वैकल्पिक राजनीतिको यात्रा लामो छ, नसक्नेहरु बीच बाटोमै छाड्छन् । यो कुनै नौलो कुरा होइन ।’ 

- यो सामग्री वीरेन्द्र ओलीले नयाँ पत्रिकामा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?