२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिवरात्रीमा पानी परेकै हुन्छ

२०७५, २० फाल्गुन सोमबार ०३:०८

फागुन २०, काठमाडौँ | ‘अघिपछि त्यस्तै हो शिवरात्रीमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम चाहिँ पक्कै धुमिन्छ’–हिउँदयामको आखिरी समयको महाशिवरात्री पर्व नजिकिदै जाँदा बुढापाकाको यस्तै तर्क सुनिन्छ । 

यसपटकको यथार्थ पनि ठ्याक्कै मिलेको छ । यो वर्षमात्रै होइन, विगतका वर्षमा पनि शिवरात्री अघिपछि हल्का र मध्यम वर्षासँगै मौसम धुमिएको उदाहरण धेरै छन् । धार्मिक पर्व र मौसमी चक्रमा हुने उतार–चढाव संयोग हो या नियमित मौसमी प्रकृया हो, यस प्रश्नमा संस्कृति र मौसमविद्का आ–आफ्नै तर्क छ ।

‘शिवरात्रीमा अपवादबाहेक पानी परेकै हुन्छ, ग्रह र नक्षत्रको प्रभावले यस्तो हुने गर्छ, संस्कृतिविद् डा.माधव भट्टराई भन्छन्–‘ऋतु परिवर्तन आसपासका धार्मिक पर्वहरु माघे संक्रान्ती, वसन्त पञ्चमी, शिवरात्रीको समयमा मौसम गडबढ भएकै हुन्छ ।’

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्षसमेत रहनुभएका भट्टराईका अनुसार सूर्य र बुध ग्रह अलग स्थानमा हुँदा महत्वपूर्ण धार्मिक पर्व आसपासमा वर्षा र मौसमी गतिविधिमा उतारचढाव आउने गर्छ ।

उनी प्रष्ट्याउँदै थप्छन्–‘दुवै ग्रहको अवस्था नियाल्दा अहिलेको हिउँदे वर्षा अझै २÷४ दिन लम्बिने संभावना छ, हावाहुरीसहित पानी पर्ने योग छ ।’

यता जल तथा मौसम विज्ञान विभागले पनि केही दिन अझै मौसममा उतार–चढाव आउने बताएको छ । विभागले स्याटेलाइट तस्वीर, सतही मौसमी मापन स्टेसन, मौसमी नक्साजस्ता अभ्यासको सूचना विश्लेषण गरेर हरेक दिन मौसमी विवरण अद्यावधिक गर्दै आएको छ । नेपालको हिउँदे झरी सक्रिय र निस्कृय गराउन भू–मध्य र अरब सागरबाट भित्रिने पश्चिमी वायुको प्रभाव रहने गरेको मौसमविद्हरु बताउँछन् ।

वायुमण्डल र सतहमा रहेको हावाको गति र दिशा, जलवाष्पयुक्त हावाको मात्रा अध्ययन÷अवलोकन गरेर मौसमी विवरण सार्वजनिक हुने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेल बताउँछन् ।

‘सूर्य र पृथ्वीको दुरी, सूर्यको तापक्रमजस्ता कुराले मौसमी विवरण हेरफेर गराउँछ, मौसमी चक्रमा विज्ञान र धार्मिक पक्ष पनि जोडिएको हुनसक्छ, उनी भन्छन्–‘तर हामीले विज्ञानसँग जोडिएर मौसमी सूचना विश्लेषण गर्दै आएका छौ ।’

मौसममा आउने उतारचढावबारे विज्ञान र ज्योतिषशास्त्रको सम्बन्धबारे अध्ययन÷अनुसन्धान आवश्यक रहेको विभागका अधिकारी बताउँछन् । अमेरिकाकी अन्तरिक्ष केन्द्र (नासा)ले बैज्ञानिक अध्ययन–अनुसन्धानको पाटो फराकिलो बनाउन पूर्वीय दर्शन अनुसरण गर्न थालेको र भारतले पनि मौसम भविष्यबाणीका क्रममा ज्योतिषशास्त्रको सहयोग लिन थालेको संस्कृतिविद् भट्टराई बताउँछन् ।

मौसम पूर्वानुमान महाशाखाले भोली मंगलबारसम्म मौसम पूर्ण रुपमा सफा नहुने, आंशिक वदलीसहित हल्का वर्षा दोहोरिने बताएको छ ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार आज सोमबारको तुलनामा भोली मंगलबारको मौसम केही बढी प्रभावित बन्नेछ । ‘मंगलबार तराईबाहेक पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने संभावना छ’–उनको भनाइ छ । 

- यो समाचार टीका बन्धनले आजको नेपाल समाचारपत्रमा लेखेका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित