२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साहित्य लेख्दा भाषामा ध्यान दिन सर्वोच्चको आदेश

२०७५, २१ फाल्गुन मंगलवार ०२:०६

फागुन २१, काठमाडौं | सर्वोच्च अदालतले साहित्यिक कृति तथा चलचित्रको संवाद लेख्दा शब्दमा ध्यान दिन निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कुनै व्यक्ति, जातजाति र समुदायलाई आत्मसम्मानमा ठेस पुग्नेगरी नलेख्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

निवेदक मीना नेपालीले ‘नथिया’ र ‘ऐलानी’ उपन्यास तथा ‘पण्डित बाजेको लौरी’ चलचित्रमा भएको संवादले वादी समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र लेखक सरस्वती प्रतीक्षालगायतलाई विपक्षी बनाई रिट निवेदन दर्ता गरेकी थिइन् ।

सर्वोच्चले गत बुधबार उपन्यास र चलचित्रका संवादमा लेखिएका शब्द अब अर्को संस्करण निस्केको खण्डमा सुधारसहित ल्याउन सकिने गरी निर्देशनात्मक आदेशसहितको फैसला गरेको हो। सर्वोच्चले फैसलाको पूर्ण पाठ भने जारी गरिसकेको छैन । सर्वोच्चका अनुसार लिखित पूर्ण पाठ जारी हुन केही समय लाग्नेछ ।

सर्वोच्चका अनुसार उपन्यास र चलचित्रका संवाद लेख्दा व्यक्ति, कुनै पनि समुदायलाई चोट पुग्ने अवस्था आउन नदिन निर्देशनात्मक आदेश जारी भएको हो । प्रतीक्षाद्वारा लिखित ‘नथिया’ र विवेक ओझाद्वारा लिखित ‘ऐलानी’ उपन्यासको दोस्रो संस्करण प्रकाशन गर्दा रिट निवेदकले टिप्पणी गरेका शब्द परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसैगरी थमनकुमार भण्डारीद्वारा निर्मित ‘पण्डित बाजेको लौरी’ मा समेत अर्को संस्करण बनाएमा केही शब्द परिवर्तन गर्नुपर्ने देखिन्छ । 

- यो समाचार भाषा शर्माले आजको नागरिक दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन