३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उद्धार र विपद् व्यवस्थापनका लागि प्रहरीले माग्यो सात हेलिकोप्टर

२२ फाल्गुन २०७५, बुधबार ०२:२४

फागुन २२, काठमाडौं | नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो । 

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन ।

२०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन ।

दुर्घटनापछिको खोज तथा उद्धारमा जनशक्ति व्यवस्थापनमा हेलिकोप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन । प्राकृतिक विपद्पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकोप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?