२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप छिर्न नेपालको बाटोः दुबई पुगेपछि पत्ता लाग्यो

२०७५, २३ फाल्गुन बिहीबार ०३:४३

फागुन २३, काठमाडौँ | चार इरानी नागरिक स्लोभेनियाको पासपोर्ट लिएर दुई साताअघि नेपाल आए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीले उनीहरुलाई १५ दिन ‘अन अराइभल’ भिसा दिए । १३ फागुनमा दुबई हुँदै स्लोभेनियातर्फ लागे । 

नक्कली भिसा लिएर स्लोभेनिया पुग्ने उनीहरुको योजनामा नेपालको अध्यागमनले ‘सहयोग’ गरेपनि दुबईको अध्यागमनबाट उम्कन सकेनन् । पासपोर्ट नक्कली भएको भन्दै दुबईको अध्यागमनले उनीहरुलाई नेपाल नै फर्काइदियो । त्यसपछि मात्र नेपालका अध्यागमन अधिकारीहरुले उनीहरुको नक्कली पासपोर्टमा भिसा र प्रस्थान अनुमति दिएको चाल पाए ।

हाल अध्यागमन विभागको हिरासतमा रहेका उनीहरुसँग इरानको समेत पासपोर्ट भएको खुलेको छ । 

युरोप जान नेपालको बाटो 

अनुसन्धानमा आबद्ध विभागका अधिकारीका अनुसार उनीहरु जसरी पनि युरोप जान चाहान्थे । टर्कीमा युरोपियन देशको पासपोर्ट किन्न पाइने सुनेका थिए । सोही अनुसार टर्की पुगेर परिवारका चारैजनाको पासपोर्ट बनाएका थिए । टर्की युरोपसँगै जोडिएको छ । तर, उनीहरु सीधैँ स्लोभेनिया गएनन् । नेपाल हुँदै स्लोभेनिया जान गिरोहले सुझाएका थिए । सोहीअनुसार चारैजना नेपाल आएका थिए । 

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय