३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युरोप छिर्न नेपालको बाटोः दुबई पुगेपछि पत्ता लाग्यो

२३ फाल्गुन २०७५, बिहीबार ०३:४३

फागुन २३, काठमाडौँ | चार इरानी नागरिक स्लोभेनियाको पासपोर्ट लिएर दुई साताअघि नेपाल आए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीले उनीहरुलाई १५ दिन ‘अन अराइभल’ भिसा दिए । १३ फागुनमा दुबई हुँदै स्लोभेनियातर्फ लागे । 

नक्कली भिसा लिएर स्लोभेनिया पुग्ने उनीहरुको योजनामा नेपालको अध्यागमनले ‘सहयोग’ गरेपनि दुबईको अध्यागमनबाट उम्कन सकेनन् । पासपोर्ट नक्कली भएको भन्दै दुबईको अध्यागमनले उनीहरुलाई नेपाल नै फर्काइदियो । त्यसपछि मात्र नेपालका अध्यागमन अधिकारीहरुले उनीहरुको नक्कली पासपोर्टमा भिसा र प्रस्थान अनुमति दिएको चाल पाए ।

हाल अध्यागमन विभागको हिरासतमा रहेका उनीहरुसँग इरानको समेत पासपोर्ट भएको खुलेको छ । 

युरोप जान नेपालको बाटो 

अनुसन्धानमा आबद्ध विभागका अधिकारीका अनुसार उनीहरु जसरी पनि युरोप जान चाहान्थे । टर्कीमा युरोपियन देशको पासपोर्ट किन्न पाइने सुनेका थिए । सोही अनुसार टर्की पुगेर परिवारका चारैजनाको पासपोर्ट बनाएका थिए । टर्की युरोपसँगै जोडिएको छ । तर, उनीहरु सीधैँ स्लोभेनिया गएनन् । नेपाल हुँदै स्लोभेनिया जान गिरोहले सुझाएका थिए । सोहीअनुसार चारैजना नेपाल आएका थिए । 

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ?