२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोर्खा सैनिकको पेन्सन बढ्यो, कति बढी पाउँछन् ?

२४ फाल्गुन २०७५, शुक्रबार ०३:४५

फागुन २४, काठमाडौँ । बेलायत सरकारले गोर्खा सैनिक तथा उनीहरूका परिवारको पेन्सन तथा उपचार खर्चमा दिइने सहयोग रकममा वृद्धि गर्ने घोषणा गरेको छ । 

यो घोषणाबाट ब्रिटिस गोरखा सैनिकमा सन् २००७ अघि भर्ना भएका करीब २२ हजार गोर्खा सैनिक लाभान्वित हुने काठमाडौँस्थित बेलायती दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पेन्सन वृद्धिका लागि करीब २२ अर्ब रुपियाँ बराबरको बजेट छुट्याइएको छ । पेन्सन वृद्धि ३४ प्रतिशतसम्म हुने छ भने सो रकम व्यक्तिगत परिस्थितिका आधारमा फरक हुने जनाइएको छ । साथै, पेन्सन वृद्धि सन् २०१६ को जनवरी १ बाट नै लागू गरिने जनाइएको छ । 

यसैगरी, ब्रिटिस रक्षा राज्यमन्त्री मार्क लानकास्टरले नेपालमा बसोबास गरिरहेका गोर्खाका लागि आगामी दश वर्षसम्मका लागि ३६ अर्ब रुपियाँ बराबरको मेडिकल सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

गोर्खा कल्याणकारी कोषमार्फत् सो रकम वितरण गरिने विज्ञप्तिमा उल्लेख छ । 

यस किसिमको सहयोग वृद्धिको घोषणा दुई हप्ता अघि बेलायती मन्त्री लानकास्टरले नेपालको भ्रमण गरेपछि सार्वजनिक भएको हो । उनले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई भेट गरेका थिए । – यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने