२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यिनी कसरी बनिन् २१ बर्षमै विश्वकै कान्छी अर्बपति ?

२४ फाल्गुन २०७५, शुक्रबार ०३:५०

फागुन २४, वासिङ्टन | २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति र स्वआर्जित सम्पत्तिबाट अर्बपति भएकी फोब्र्सले जनाएको छ । यसले उनलाई अर्बपतिको सूचीमा पुर्याएको छ । 

जेनरले यो उपाधि फेसबुकका सह–संस्थापक मार्क जुकरबर्गबाट खोसेकी छिन् । जुकरबर्ग २००८ मा २३ वर्षको उमेरमा विश्वकै कान्छा अर्बपति भएका थिए । माइक्रोसफ्टका सहसंस्थापक पनि १९८७ मा ३१ वर्षको उमेरमा कान्छा अर्बपति भएका थिए ।

जेनरको सम्पत्तिमा भएको पछिल्लो वृद्धि काइली कस्मेटीक्सबाट भएको हो । यो उनको श्रृगारिक कम्पनी हो । यो कम्पनीको मूल्य फोब्र्सका अनुसार ९० करोड डलरको रहेको छ । यो कम्पनी २०२२ मा १ अर्ब डलरको हुने अनुमान फोब्र्सको छ । यो कम्पनीले गत वर्ष उल्टासँग एक्सक्लुसिभ वितरणको हस्ताक्षर गरेको थियो । जेनरले यो कम्पनीसँग काम गर्ने योजना बनाएको बताएकी छिन् । 

काइली कम्मेटिक बाहेक जेनरले आफ्नो पेड एप काइली जेनर अफिसियल एपबाट पनि आफ्नो ब्युटी ब्रान्ड २०१५ को नोभेम्बर ३० मा सुरु गरेकी थिइन् । १८ महिनामा यो कम्पनीले ४२ करोड डलरको सामाग्री बिक्री गरेको थियो । उनको २०१६ होलिडे कलेक्सन सार्वजनिक भएपछि यसले झन्डै प्रतिदिन १ करोड ९० करोड ८० लाख फ्लोअर्स र ट्विटरमा २ करोड ६७ लाख फलोअर्स रहेका छन् । 

- यो समाचार आजको कारोबार दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने