२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोइङ लिलामको फाइल घुमेको घुम्यै !

२ चैत्र २०७५, शनिबार ०२:५१

चैत २, काठमाडौँ — नेपाल वायुसेवा निगमको आर्थिक विनियमले पुराना विमान लिलाम गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । तर समिति बोइङ कम्पनीको ३१ वर्ष पुरानो एउटा जहाज लिलाम गर्न डराइरहेको छ । 

‘गण्डकी’ नामको विमान लिलाम गर्न शुक्रबार सञ्चालक समितिको बैठक तेस्रो पटक बसेको थियो । कार्यकारी अध्यक्ष मदन खरेलको अध्यक्षतामा बसेको बैठक जहाज लिलाम गर्न फेरि डरायो । ‘हामीले फेरि मन्त्रालयको सहमतिका लागि निर्णय गर्‍यौं,’ समिति स्रोतले भन्यो, ‘तालुक मन्त्रालयको सहमतिका लागि बोर्डले गरेको यो तेस्रो निर्णय हो।’ केही महिनायता बोइङ लिलामका लागि सहमति माग्ने निर्णय गर्दै निगमले फाइल पठाउने र मन्त्रालयले निगमकै नियम उद्धृत गर्दै बोर्डकै अधिकार भएकाले मन्त्रालय नपठाउनु भन्नेक्रम चल्दै आएको छ।

निगम र मन्त्रालयबीच यस्तो दोहोरी हुनुको कारण निगमका दुइटा वाइडबडी विमानको खरिद प्रकरण हो। सार्वजनिक लेखा समितिले बाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै २०६९ सालयता निगमको बोर्डलगायत खरिदमा प्रत्यक्ष/अप्रत्यक्ष संलग्न ६० भन्दा बढी मन्त्री, सचिव, कर्मचारी, पदाधिकारीको नामावली प्रकाशित गरेपछि सञ्चालक समितिले लिलामको निर्णय लिन नसकिरहेको हो।यो समाचार आजको कान्तिपुर दैनिकमा विस्तृतमा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने