चैत ३, काठमाडौं | समाचारको शीर्षक पढ्दैमा तपाई हामीलाई एक खालको विद्रोह भाव पैदा गर्छ । हो, प्राकृतिक सौन्दर्यले हराभरा र विश्वकै धनी देश नेपाल सुन्दरताका हिसाबले जति महिमा गाउन योग्य छ तर यहाँका सबै मानिस राम्रा भने छैनन् ।
यहाँ यस्ता प्रतिभाहरूलाई फस्टाउन दिइदैन तर तिनै प्रतिभाहरू अवसर पाएपछि नेपाललाई विश्वमै चिनाउन सफल हुन्छन् । यस्ता प्रतिभा कति होलान् कति यो देशमा । तीमध्ये एक प्रतिनिधि पात्र हुनुहुन्छ ललितपुरका प्रा.डा. केशवलाल महर्जन ।
२०३२ सालमा नेपाल सरकारकै छात्रवृत्ति कोटामा जापान पुग्नुभएका उहाँ भन्नुहुन्छ– ‘२०४६ सालमा सरकारी जागिर खान नेपाल आएको थिएँ । अधिकांशले जापान पढेपछि नेपालमा जागिर खान मुस्किल पर्छ उतै फर्क भने । जापानै फर्केर विश्वभरका विद्यार्थीलाई पढाइरहेको छु । प्रोत्साहन गर्नुको साटो हतोत्साहित बनाइन्छ यहाँ ।’
हुन पनि सन् १९९० देखि नै जापानको रहेको पाँचौं ठूलो सरकारी विश्वविद्यालय हिरोसिमामा कृषि र ग्रामीण विकास, दक्षिण एसियाली अध्ययन, ग्रामीण अर्थशास्त्र, अन्तर्राष्ट्रिय विकास र साझेदारी अध्ययन, सांस्कृतिक विविधता, जलवायु परिवर्तन, ग्रामीण भेगको जीविकोपार्जन रणनीति लगायतका विषयमा स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीलाई पढाउँदै आउनुभएका प्राडा महर्जनले अहिले प्राध्यापन लगायत अन्य ठूलै जिम्मेवारी पाउनुभएको छ ।
- यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।