२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी कम्पनी अरामकोले तोड्यो सबै रेकर्ड

२० चैत्र २०७५, बुधबार ०२:२०

चैत २०, काठमाडौं | विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा विश्वको अन्य कुनै पनि कम्पनीको भन्दा बढी भएको छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफाभन्दा ४६ प्रतिशत बढी हो । 

साउदी अरामकाको नाफा जे पी मोर्गान चेज, अल्फाबेट, फेसबुक तथा एक्सन मोबिलको संयुक्तभन्दा पनि बढी भएको छ । २०१८ मा यी सबै कम्पनीको कुल मुनाफा जोड्ने हो भने १ सय ६ अर्ब डलर पुगेको थियो  । जे पी मोर्गान अमेरिकाका प्रमुख बैंकमध्येको एक हो । एक्सन मोबिल अमेरिकाको सर्वाधिक ठुलो तेल कम्पनी हो । यो कम्पनीले गत वर्ष २०.८ अर्ब डलरको मुनाफा आर्जन गरेको थियो ।


साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलो पटक आफ्नो वित्तिया नजिता घोषणा गरेको छ । २०१८ मा अरामकोको आम्दानी ३५५.९ अर्ब डलर रहेको थियो । 

२०१८ को डिसेम्बरको अन्त्यसम्ममा कम्पनीसँग ४८.८ अर्ब डलरको नगद संचिती रहेको थियो । यो २७ अर्ब डलरको ऋणको तुलनामा धेरैले बढी हो । २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतको वृद्धि भएपछि यसले अरामकोको नाफामा पनि वृद्धि भएको हो । 


- यो समाचार कारोबारमा प्रकाशित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने