२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा रोजगारी: परीक्षा शुल्कमै सवा अर्ब बाहिरियो

२०७५, २५ चैत्र सोमबार ०१:५४

चैत २५, काठमाडौँ | कोरिया भाषा परीक्षामा सहभागी भएबापत मात्रै नेपालको १ करोड १४ लाख ६९ हजार डलर (करिब १ अर्ब २६ करोड ५० लाख रुपैया) बाहिरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन ५ लाख ८९ हजार ६ सय ३८ युवाले यो रकम बुझाएका हुन् ।

यो रकम वैदेशिक रोजगार विभागको ईपीएस शाखाले कोरियाको मानव संसाधन विभागमा पठाएको छ । भाषा परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी २४ डलर शुल्क लाग्छ । ‘परीक्षामा सहभागी हुनेबाट बुझाइएको रकम नेपालमा राख्न मिल्दैन, त्यो सबै कोरिया पठाउनुपर्छ,’ ईपीएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले कान्तिपुरलाई भने, ‘हामीले पैसा पठाएपछि परीक्षा सञ्चालनका लागि २५ प्रतिशत खर्च उतैबाट आउछ ।’

कोरियाको परीक्षा शुल्कबापत रकम बाहिरिने क्रम प्रत्येक वर्ष बढिरहेको छ । ईपीएसले पहिलो पटक परीक्षा लिंदा ७ लाख ५६ हजार डलर बाहिरिएको थियो । यस पटक २२ लाख १७ हजार डलर पुगेको छ । भाषा परीक्षामा उत्तीर्ण हुने सबै विद्यार्थी कोरिया जान पाएका छैनन् । हालसम्म भाषा परीक्षामा उत्तीर्ण भएका १० हजार नेपाली कोरिया जानबाट वञ्चित भएका छन्। परीक्षार्थीले परीक्षा शुल्क महँगो भएको बताउदै आएका छन् । 

- आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित