२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भू-माफियाबाट प्रधानमन्त्री निवासकै जग्गा सुरक्षित छैन, अन्त के होला ?

२६ चैत्र २०७५, मंगलवार ०३:०१

चैत २६, काठमाडौँ | भू-माफियाबाट प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा व्यक्तिको नाममा दर्ता गरको पाइएपछि देशका अन्य स्थानहरुमा कस्ता चलखेल भईरहेका होलान् भन्नेमा प्रश्न उठाइएको छ ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको आजको कान्तिपुर दैनिकमा खबर छ । त्यस्तै १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको फेला पारको हो । 

आफू भ्रष्टाचार नसहने र अरुलाई पनि गर्न नदिने बताउने प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासको जग्गामा भूमाफिया र भ्रष्ट कर्मचारीको बदमासी भएको बिषय आए पछी कस्तो कारवाही गर्लान भन्ने हेर्न बाँकी छ ।

बालुवाटार मात्र होइन भूमाफिया कर्मचारीहरुले देशभरीमा कयौं सरकारी भुमी तथा अन्य प्रकारका भुमीलाई व्यक्तिगत बनाउने तथा  सर्वसाधारणलाई झुक्क्याएर, प्रलोभन देखाएर एक व्यक्तिको केहि भाग अर्कोमा घुसाउने तथा एउटा जग्गा धनीको जग्गा कम देखाएर अर्कोलाई जग्गा धनीलाई बढी बनाईदिएर पैसा अशुल्ने प्रवृति छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने