२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वसांसद साहले अस्पतालमै छोडिन् आफूले जन्माएको नवजात शिशु

२६ चैत्र २०७५, मंगलवार ०३:५१

चैत २६, काठमाडौं | पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी अस्पताल र त्यहाका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउदै शिशु घर नलगेकी हुन् । 

उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसूति प्रक्रियामा संलग्न चिकित्सकले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरको छ । साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यक्रियाबाट बच्चा जन्माएकी थिइन्। ‘हाम्रो गल्ती, असावधानीले डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको होइन,’ साहको प्रसूतिमा संलग्न डा. निरासिंह श्रेष्ठले भनिन्, ‘उहालाई गुनासो भए कानुनी प्रक्रियामा जान आग्रह गर्छौं ।’


साहको पहिलो सन्तानसमेत आफ्नै चिकित्सकीय निगरानीमा काठमाडौ मेडिकल कलेज अस्पतालमा जन्मिएको डा. साहले बताइन् । मेडिसिटीका महाप्रबन्धक विजय रिमालले शिशुमा डाउन सिन्ड्रोम हुनमा अस्पतालको कुनै दोष नभएको दाबी गरे । डाउन सिन्ड्रोम एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष रीता पियाका अनुसार विदेशतिर १ हजारमा एउटा बच्चा डाउन सिन्ड्रोम भएको जन्मिन्छन् । डाउन सिन्ड्रोम एक आनुवांशिक विकार हो । यो मानसिक र शारीरिक लक्षणको एउटा समूह हो, जुन एक अतिरिक्त क्रोमोजोमको उपस्थितिले हुन्छ । सामान्यतया गर्भावस्थामा शिशुले आमाबाट २३ र बुबाबाट २३ गरी जम्मा ४६ वटा क्रोमोजोम प्राप्त गर्छ । डाउन सिन्ड्रोम भएको बच्चामा एउटा क्रोमोजोम बढी हुन्छ । डाउन सिन्ड्रोम भएकामा केही शारीरिक र मानसिक विशेषता हुन्छन् । 

डाउन सिन्ड्रोम भएकाहरूमा जन्मदेखि नै मुटुको रोग हुन सक्छ । यसको उपचार गर्न सकिदै न । यो रोगमा बौद्धिक विकलांगताको स्तर परिवर्तित हुन्छ ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने