शीर्ष नेताको हत्या योजनाबारे विप्लबको यस्तो प्रतिक्रिया

Posted on: 13 May, 2019

वैशाख २९, काठमाडौं | प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्हरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गरे । 

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उनले भने । 

एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे । 

- यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!