२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढेको वृद्धभत्ता अहिलेबाट पाउने कि साउनबाट ?

२५ जेष्ठ २०७६, शनिबार ०१:२८

जेठ २५, काठमाडौँ | ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ निवासी ९३ वर्षीया मोहनमाया महर्जनले उत्साहित र कौतुहलताका साथ सोधिन् ।

नेपाल सरकारले आगामी वर्षको वार्षिक बजेटमा ज्येष्ठ नागरिकले पाउँदै आएको मासिक भत्ता दुई हजारबाट बृद्धि गरी तीन हजार रुपैयाँ पुर्याएपछि ज्येष्ठ नागरिकको प्रतिक्रिया बुझ्ने क्रममा उनीहरू दङ्ग देखिए । 

नुवाकोट जिल्लाको पहिरे ढुङ्गाना गाउँका ८६ वर्षीय मित्रप्रसाद ढकालले प्रसन्न हुँदै भने, ‘गाउँघरमा त मासिक तीन हजार रुपैयाँले खान नै पुग्छ ।’ 

तारकेश्वरधाम (गुम्बा) मा भजनकीर्तनमा भेटिएका ढकाल र उनका साथीहरू भत्ता बढेकोमा निकै खुसी देखिन्थे । उनीहरूको जिज्ञासा थियो, बढेको भत्ता साउनदेखि मात्रै पाउने हो कि अहिलेबाटै ?

काठमाडौँको दक्षिणकाली निवासी ८४ वर्षीया सीता भट्टराईले भत्ता बढेको समाचार नातिहरूबाट थाहा पाइन् । भट्टराईले हाँस्दै भनिन्, ‘सुरुमा मासिक एक सय रुपैयाँ दिएको थियो, अहिले घरमै बसेर तीन हजार रुपैयाँ पाउने कुरा सुन्दा राम्रो लाग्यो ।’ यी देशका झण्डै १३ लाख ज्येष्ठ नागरिकका प्रतिनिधि आवाज हुन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाले ज्येष्ठ नागरिकको मासिक भत्ता दुई हजारबाट बढाई तीन हजार रुपैयाँ पुर्याएको घोषणा गरेपछि घर–घर, बस्ती–बस्ती र टोल–टोलमा यस विषयमा चर्चा चल्न थालेको छ । वृद्धवृद्धा खुसी हुन थालेका छन् । 

सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, एकल (विधवा) महिला, ६० वर्ष उमेर पुगेका दलित र कर्णालीका ज्येष्ठ नागरिक, पूर्ण तथा आंशिक अपाङ्गता र लोपोन्मुख आदिवासी÷जनजाति र बालबालिका समेटिन्छन् । 

सामाजिक सुरक्षा कार्यक्रमका लागि आगामी आर्थिक वर्षक लागि कुल ६४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

- यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली