२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवाले मागेको ९१६१ कर्मचारीको पदपूर्ति अब के हुन्छ ?

२८ जेष्ठ २०७६, मंगलवार ०२:०१

जेठ २८, काठमाडौँ | संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रोक्न सरकारलाई निर्देशन दिएसँगै यस सम्बन्धि समाचारले प्राथमिकता पाएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि जेठ १५ गते ९ हजार भन्दा बढी कर्मचारीको लागि विज्ञापन खुलाएको थियो । तर स्थानीय तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी भर्ना गर्न लोकसेवाले थालेको प्रक्रिया रद्द गर्न संसदीय समितिले दिएको निर्देशनसँगै अन्योलता बढेको छ ।

यस बिषयमा आजका दैनिक पत्रिकाहरुले बिभिन्न खबरहरु अपडेट गरेका छन् । 

त्यस्तै, आजको पत्रपत्रिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अन्य शिर्षकमा खर्च भएको बिषयहरु पनि छापिएका छन् । कान्तिपुर दैनिकले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि थालेको प्रक्रिया खारेज गर्न संसदीय समितिले दिएको निर्देशनपछि अन्योलता बढेको उल्लेख गरेको छ । 

लोकसेवाले ५१५ स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन त्रुटिपूर्ण भएको भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, विज्ञापन प्रक्रिया के हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन ।

कान्तिपुर दैनिकका अनुसार समितिको निर्देशनका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा लोकसेवा आयोगले सोमबार साँझसम्म कुनै निर्णय गरेका छैनन् । मन्त्रालयका प्रवक्ता सहसतिव भूपाल बरालले समितिको चिठी अबेर मात्रै प्राप्त भएको र त्यो छलफलकै क्रममा रहेको कान्तिपुरसँग बताएका छन् । आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले समितिको निर्णयको औपचारिक जानकारी आइनसकेको जनाए । उनले समितिको पत्र प्राप्त भएपछि आयोग बैठकबाट निर्णय हुने जानकारी दिए । ओएन्डम गरी दरबन्दी संख्या यकिनपछि मात्र समानुपातिक, समावेशी सिद्धान्तका आधारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न निर्देशन दिएकाले प्रक्रियाले लामो समय लिने निश्चित छ ।

त्यस्तै आजको नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाउँदै आज यसबारे मुख्य समाचार लेखेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार २ अर्ब ३७ करोडको प्रधानमन्त्री रोजगार कार्यक्रममा निर्माण सामग्री खरिदमा मात्रै ७१ करोड खर्च भएको छ । कतिपय हास्यास्पद कार्यक्रममा रकम खर्च गरिएको समाचारमा उल्लेख छ । पाल्पामा रोजगार कार्यक्रमको बजेटबाट बाँदर लखेट्ने तयारी गरिएको नयाँपत्रिकामा समाचार उल्लेख छ । पाल्पाको बगनासकाली गाउँपालिकाले रोजगार कार्यक्रमको बजेटमार्फत बाँदर लखेट्ने योजना बनाएको हो । उक्त गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले व्यक्तिगत बाँदरले जनतालाई हैरानी दिएकाले रोजगार कार्यक्रमको बजेट यसमा खर्च गर्न लागेको नयाँ पत्रिकासँग बताएका छन् ।

यता आजको कान्तिपुरमा भएको अर्को महत्वपूर्ण समाचार हो, स्रोत नखुलेको रकम पटकपटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पीत्त शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु गरिएको छ ।

फूलको आँखामा फूलै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनुसन्धान थालेका हुन् । विभागले उनको सम्पत्तिमाथि छानबिन थाले पनि प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाव दिइरहेको स्रोतको हवाला दिँदै कान्तिपुरले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली