२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकसेवाले मागेको ९१६१ कर्मचारीको पदपूर्ति अब के हुन्छ ?

२०७६, २८ जेष्ठ मंगलवार ०२:०१

जेठ २८, काठमाडौँ | संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले खुलाएको विज्ञापन रोक्न सरकारलाई निर्देशन दिएसँगै यस सम्बन्धि समाचारले प्राथमिकता पाएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि जेठ १५ गते ९ हजार भन्दा बढी कर्मचारीको लागि विज्ञापन खुलाएको थियो । तर स्थानीय तहमा खुला प्रतिष्पर्धाबाट कर्मचारी भर्ना गर्न लोकसेवाले थालेको प्रक्रिया रद्द गर्न संसदीय समितिले दिएको निर्देशनसँगै अन्योलता बढेको छ ।

यस बिषयमा आजका दैनिक पत्रिकाहरुले बिभिन्न खबरहरु अपडेट गरेका छन् । 

त्यस्तै, आजको पत्रपत्रिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट अन्य शिर्षकमा खर्च भएको बिषयहरु पनि छापिएका छन् । कान्तिपुर दैनिकले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि थालेको प्रक्रिया खारेज गर्न संसदीय समितिले दिएको निर्देशनपछि अन्योलता बढेको उल्लेख गरेको छ । 

लोकसेवाले ५१५ स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापन त्रुटिपूर्ण भएको भन्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, विज्ञापन प्रक्रिया के हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन ।

कान्तिपुर दैनिकका अनुसार समितिको निर्देशनका सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा लोकसेवा आयोगले सोमबार साँझसम्म कुनै निर्णय गरेका छैनन् । मन्त्रालयका प्रवक्ता सहसतिव भूपाल बरालले समितिको चिठी अबेर मात्रै प्राप्त भएको र त्यो छलफलकै क्रममा रहेको कान्तिपुरसँग बताएका छन् । आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले समितिको निर्णयको औपचारिक जानकारी आइनसकेको जनाए । उनले समितिको पत्र प्राप्त भएपछि आयोग बैठकबाट निर्णय हुने जानकारी दिए । ओएन्डम गरी दरबन्दी संख्या यकिनपछि मात्र समानुपातिक, समावेशी सिद्धान्तका आधारमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन गर्न निर्देशन दिएकाले प्रक्रियाले लामो समय लिने निश्चित छ ।

त्यस्तै आजको नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाउँदै आज यसबारे मुख्य समाचार लेखेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार २ अर्ब ३७ करोडको प्रधानमन्त्री रोजगार कार्यक्रममा निर्माण सामग्री खरिदमा मात्रै ७१ करोड खर्च भएको छ । कतिपय हास्यास्पद कार्यक्रममा रकम खर्च गरिएको समाचारमा उल्लेख छ । पाल्पामा रोजगार कार्यक्रमको बजेटबाट बाँदर लखेट्ने तयारी गरिएको नयाँपत्रिकामा समाचार उल्लेख छ । पाल्पाको बगनासकाली गाउँपालिकाले रोजगार कार्यक्रमको बजेटमार्फत बाँदर लखेट्ने योजना बनाएको हो । उक्त गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले व्यक्तिगत बाँदरले जनतालाई हैरानी दिएकाले रोजगार कार्यक्रमको बजेट यसमा खर्च गर्न लागेको नयाँ पत्रिकासँग बताएका छन् ।

यता आजको कान्तिपुरमा भएको अर्को महत्वपूर्ण समाचार हो, स्रोत नखुलेको रकम पटकपटक नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पीत्त शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु गरिएको छ ।

फूलको आँखामा फूलै संसार गीतबाट चर्चित आनीले स्रोत नखुलाई हङकङबाट १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले अनुसन्धान थालेका हुन् । विभागले उनको सम्पत्तिमाथि छानबिन थाले पनि प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाव दिइरहेको स्रोतको हवाला दिँदै कान्तिपुरले समाचार लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित