२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरान पूर्ण रुपमा ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

२०७६, ८ असार आईतवार ०२:५८

असार ८, वासिङ्टन (एजेन्सी) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नचाहेको तर इरानले युद्ध सुरु गर पूर्णरूपमा ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

एनबीसीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ‘अमेरिका इरानसँग वार्ता गर्न तयार रहेको तर कुनै पनि हालतमा परमाणु हतियार निर्माण गर्न नदिने ’बताए । राष्ट्रपति ट्रम्पले यसअघि ‘इरानमाथि आक्रमण गर्ने योजना अन्तिम समयमा स्थगित गरिएको ’दाबी गरका थिए । तर १५० इरानी सर्वसाधारणको मृत्यु हुने देखिएपछि आक्रमण योजना अन्तिम समयमा रोकिएको ट्रम्पले बताए ।

इरानी नेतालाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘तपाईंहरूले परमाणु हतियार निर्माण गर्न पाउनुहुन्न । यदि तपार्इंहरू यसबार वर्ता गर्न चाहनुहुन्छ भने त्यो राम्रो हो।’ इरानको इस्लामिक रेभोलुसनरी गार्ड (आईआरजीसी) ले दक्षिणी प्रान्त होर्मोजुमा अमेरिकी जासुसी ड्रोनलाई बिहीबार गोली हानी खसालेपछि आक्रमणको योजना बनाइएको ट्रम्पको दाबी छ । यद्यपि, विश्लेषकहरूले राष्ट्रपतिको उक्त अभिव्यक्ति इरानलाई त्रसाउने भएको हुन सक्ने जनाएका छन् ।

अमेरिकी तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ‘राष्ट्रपतिले इरानमा आक्रमण नगरेर राम्रो गरको’जनाइन् । उनले ‘राष्ट्रपति ट्रम्पले कुनै पनि सैनिक कदम चाल्नुअघि सदनको अनुमति लिनुपर्ने’ जनाइन् । तेहरानले ‘आफ्नो आकाशमा प्रवेश गरकाले ड्रोनलाई गोली हानी खसालेको ’जनाएको थियो । इरानी समाचार संस्थाका अनुसार ‘मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरको ‘आरक्यू–४ ग्लोबल हक’ जासुसी ड्रोन खसालिएको हो।’ तर अमेरिकाले सैनिक ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमाथि रहेको दाबी गरको थियो । यसबार राष्ट्रसंघीय सुरक्षा परिषदमा सोमबार छलफल चलाउन अमेरिकाले आग्रह गरको छ ।

गतसाता ओमानको खाडीमा दुई तेल ट्यांकरमाथि इरानलेआक्रमण गरको अमेरिकी दाबीपछि दुई देशबीचको सम्बन्ध थप बिग्रेको हो । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘गोप्य सूचना तथा प्रयोग गरिएका हतियारका आधारमा’ इरानी इरानी विशेष फौजले आक्रमण गरको दाबी गरका थिए । त्यसविरुद्ध पोम्पियो र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन कडा कदम चाल्नुपर्ने पक्षमा उभिएका थिए । तर संसदा नेताहरू त्यसको विपक्षमा उभिएका अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित