२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइफा अवार्डमा कस्को खर्च कति ?

१६ असार २०७६, सोमबार ०२:११

असार १६, काठमाडौँ | आइफामा सहभागि हुन कलाकार सहित एक हजार भन्दा धेरै भारतबाट सहभागि हुनेछन् । त्यस मध्ये कलाकारहरुको सम्पूर्ण व्यवस्थापनको जिम्मा नेपाललेनै गर्नु पर्ने हुन्छ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल(हान)ले गर्ने भनिएको छ । कलाकारहरु कम्तीमा पनि ३ दिन होटलमा बस्नेछन् । यस अवधिसम्म होटलको १४ सय कोठा प्रयोग हुनेछन् । प्रत्येक कोठाको मुल्य सरदरमा ६ सय डलर पर्ने भनिएको छ । यस आधारमा होटल खर्च मात्रै ८ करोड ४० लाख रुपैयाँ खर्च हुनेछ । 

त्यस्तै कार्यक्रममा सहभागि कलाकारलाई जहाज मार्फत काठमाडौसम्म ल्याउने जिम्मा नेपाल एयरलाइन्सलाई दिने योजना छ । वोर्डका अनुसार ८० प्रतिशत कलाकार भारतको मुम्वईबाट आउने भएका छन् । बाँकी २० प्रतिशत कालकार भने भारतकै बैंगलोर र दिल्लीबाट आउनेछन् । प्रस्ताव अनुसार ६ सय कलाकारको आतेजाते जहाज भाडा नेपाल एयर लाइन्सले नै व्यहोर्नेछ । कार्यक्रममा सहभागि कलाकार बिजनेश क्लासमा नै आउनेछन् । भारतको तीन वटै सहरमा बिजनेश क्यासको एक तर्फी भाडा सरदर ३५ हजार रुपैयाँ छ । यस आधारमा नेपाल एयर लाइन्सको ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ ।

काठमाडौंमा उत्रि सकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधा सम्पन्न गाडीको आवश्यकता पर्ने हुन्छ । यसको सम्पुर्ण व्यवस्था गर्ने जिम्मा  नाडा अटो मोवाइल डिलर्सलाई दिने भनिएको छ । यसका लागि उसले उपत्यका भित्र रहेका सोरुमका गाडी प्रयोग गर्नेछ । यस प्रयोजनमा कम्तीमा पनि ४ सय गाडी प्रयोग हुनेछन् । प्रत्येक गाडीको भाडा प्रति दिन कम्तीमा ३० हजार रुपैयाँ लाग्नेछ । यस आधारमा नाडाको ३ करोड ६० लाख रुपैयाँ खर्च हुने छ । मुख्य आयोजक वोर्ड र सहअयोजक काठमाडौं महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रुपैयाँ भने मञ्च निर्माणमा प्रयोग हुनेछ । मञ्च निर्माणका लागि दुवइबाट अत्याधुनिक र सुविधा सम्पन्न डोम ल्याउने भनिएको छ ।

सहयोगीका रुपमा रहेका नेपाल चलचित्र विकास बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघ, चेम्वर आफ कमर्श, नेपाल उद्योग परिसंघ लगायतका संघसंस्थाबाट यसमा लाग्ने खर्च जुटाउन सकिने बोर्डका भनाई छ ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । 

यो पनि हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन