२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महँगा गाडी आयातमा कडाइ, सवारी ऋण पनि नियन्त्रण गर्ने नीति लिईदै

२० असार २०७६, शुक्रबार ०१:४५

असार २०, काठमाडौँ | निर्यातभन्दा आयात उच्च भएर भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ । प्रतीतपत्र (एलसी) खोलेर अल्पकालीन व्यापारिक ऋणमार्फत गरिने आयात (ट्रस्ट रिसिट लोन-टीआर) अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गर्न लागेको हो। व्यापार घाटा उच्च विन्दुमा पुगेका कारण शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्फत यस्तो रणनीति अपनाउन लागेको हो ।

केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सञ्चालक र व्यवस्थापकसँगको भेटमा महँगा निजी सवारी आयातमा टीआर लोन रोक्ने बताएका थिए । वस्तु बिक्री भएपछि ऋण भुक्तानी गर्ने प्रतिज्ञापत्रका आधारमा बैंकले प्रवाह गर्ने कर्जा ‘ट्रस्ट रिसिट लोन’ हो। कर्जामा कडाइ गर्नेबित्तिकै सवारीसाधन आयातकर्ताले तोकिएको सीमाभन्दा बढी ऋण पाउँदैनन्। आयातकर्ताले आफ्नै स्वपुँजी (इक्विटी) मा आयात गर्नुपर्छ।

राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा सरकारको व्यापार घाटा न्यूनीकरण रणनीतिलाई ‘मार्गदर्शक दस्तावेज’ का रूपमा लिएको गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका छन्। चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ। यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १७.४० प्रतिशतले बढी हो ।


चालु आवको १० महिनामा शोधनान्तर घाटा ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। साथै विदेशी मुद्रा सञ्चिति साउनदेखि वैशाखसम्म ६.६ प्रतिशतले घटेको छ।

निजी सवारीसाधन मात्र होइन, सार्वजनिक सवारीसाधन आयात गर्नेले पनि ७५ प्रतिशत क्षमता उपयोग हुने आधार देखाउन नसके टीआर लोन नपाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंक उच्च स्रोतले बतायो।

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष शम्भु दाहालले निजी सवारीसाधन आयातमा ४५ लाखको थ्रेसहोल्ड राखेर कडाइ गरेमा अटोमोबाइलको बजार ३० प्रतिशतसम्म घट्न सक्ने बताए। उनका अनुसार विद्युतीय साधनमा जनविश्वास बढिनसकेकाले आकर्षण छैन। सरकारले अहिले निजी सवारीसाधन आयात गर्दा २२५ प्रतिशतसम्म राजस्व लिँदै आएको छ। दाहालले भने, ‘सरकारले एकातर्फ राजस्वको महत्वाकांक्षी लक्ष्य निर्धारण गरेको छ। अर्कोतर्फ गाडी आयातमा कडाइ गरेको छ। यसले राजस्व लक्ष्य प्राप्त हुन सक्दैन।’

आगामी आर्थिक वर्ष २०७६/७७ मा आठ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ। मौद्रिक नीति निर्माणमा संलग्न अधिकारीका अनुसार विद्युतीय सवारीसाधन आयातका लागि भने टीआर लोनमा कडाइ हुँदैन।

- अन्नपूर्ण पोस्टमा खबर छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन