२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ ठाउँमा सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने तयारी, कुन-कुन स्थान परे ?

२१ असार २०७६, शनिबार ०२:३३

असार २१, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ ठाउँमा सुरुङमार्गको अध्ययन गरेर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

नौबिसे–नागढुंगा, सिद्धबाबा, खुर्कोट–चियाबारी, कुलेखानी–भीमफेदी, हेम्जा, लामाबगर, गुर्जेभञ्ज्याङ, दाउन्ने, थानकोट–चित्लाङ, कोटेश्वर–जडीबुटीलगायत स्थानमा सुरुङमार्ग बनाउन लागिएको हो ।

‘पहिलो हामीसँग सुरुङमार्ग निर्माणका लागि अनुभवी जनशक्ति छैन, अर्कोतिर सुरुङमार्ग निर्माण गर्दा आर्थिक रूपले कति फाइदामा छौं भन्ने विस्तृत अध्ययन गर्नुपर्छ,’  सडक विभाग गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले भने, ‘दैनिक १० हजार गाडी गुड्ने सडकमा सुरुङमार्ग निर्माण गर्दा मात्रै आर्थिक रूपले फाइदा हुन्छ, सुरुङ निर्माण गर्दा सडकको दूरी घट्नुपर्‍यो, इन्धन खपत पनि कम हुनपर्छ, त्यो भएन भने आर्थिक रूपले घाटा हुन्छ ।’


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सबै सुरुङको प्रारम्भिक चरणको काम चाँडै अघि बढाउने जानकारी दिए । ‘अन्डरपासलगायत सुरुङ निर्माण तीव्र गतिमा अघि बढाउँछौं,’ उनले भने, ‘प्रारम्भिक चरणको काम गर्न कुनै गाह्रो छैन, हामीले बजेट विनियोजन गरिसकेका छौं ।’

- यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन