२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया खोल्न भदौ अन्तिम साता दुई देशीय बैठक बस्ने

८ भाद्र २०७६, आईतवार ०६:५०

भदौ ८, काठमाडौं | मलेसिया रोजगारी खुलाउन भदौ महिनाभित्र क्वालालम्पुरमा दुई देशीय बैठक हुने भएको छ। १५ महिनादेखि बन्द भएको उक्त देशमा रोजगारीको लागि खोल्न बैठेक बस्ने भएको हो | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ स्वास्थ्य संस्थालाई सूचीकृत गरेर साउन २१ मा सूचीकृत नाम मलेसिया पठाएको थियो | नामावली पठाएपछि दुई देशीय बैठक हुन लागेको हो ।

मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र निर्देशिका पूरा गरेको विशेषज्ञ समितिको सिफारिसका आधारमा यी संस्था छानिएका थिए । ‘मलेसियाको मानव संसाधन मन्त्रालयले संयुक्त कार्यदल बैठक सेप्टेम्बर दोस्रो साता गर्ने जानकारी गराएको छ,’ मलेसियन राजदूत उदयराज पाण्डेले जानकारी दिए |

उक्त बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीसहितका पदाधिकारी क्वालालम्पुर जाने भएका छन् । नेपालले पठाएको स्वास्थ्य संस्थाको सूची र तोकिएको मापदण्डबारे द्विपक्षीय छलफल भएपछि सहमतिका आधारमा मलेसिया रोजगारी खुल्ने श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

गत वर्ष जेठ २ मा श्रम मन्त्रालयले एकपक्षीय रूपमा तोकिएका संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाएपछि मलेसिया रोजगारी बन्द भएको थियो । गत कात्तिकमा श्रम सम्झौता भएपछि बायोमेडिकल गर्ने संस्था छनोटमा ढिलाइ भएकै कारण रोजगारी खुल्न सकेको थिएन। – यो समाचार आजको कान्तिपुर दैनिकमा छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन