२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया खोल्न भदौ अन्तिम साता दुई देशीय बैठक बस्ने

२०७६, ८ भाद्र आईतवार ०६:५०

भदौ ८, काठमाडौं | मलेसिया रोजगारी खुलाउन भदौ महिनाभित्र क्वालालम्पुरमा दुई देशीय बैठक हुने भएको छ। १५ महिनादेखि बन्द भएको उक्त देशमा रोजगारीको लागि खोल्न बैठेक बस्ने भएको हो | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न १ सय २२ स्वास्थ्य संस्थालाई सूचीकृत गरेर साउन २१ मा सूचीकृत नाम मलेसिया पठाएको थियो | नामावली पठाएपछि दुई देशीय बैठक हुन लागेको हो ।

मलेसिया सरकारको स्वास्थ्य मापदण्ड र निर्देशिका पूरा गरेको विशेषज्ञ समितिको सिफारिसका आधारमा यी संस्था छानिएका थिए । ‘मलेसियाको मानव संसाधन मन्त्रालयले संयुक्त कार्यदल बैठक सेप्टेम्बर दोस्रो साता गर्ने जानकारी गराएको छ,’ मलेसियन राजदूत उदयराज पाण्डेले जानकारी दिए |

उक्त बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीसहितका पदाधिकारी क्वालालम्पुर जाने भएका छन् । नेपालले पठाएको स्वास्थ्य संस्थाको सूची र तोकिएको मापदण्डबारे द्विपक्षीय छलफल भएपछि सहमतिका आधारमा मलेसिया रोजगारी खुल्ने श्रम मन्त्रालयका एक अधिकारीले बताए ।

गत वर्ष जेठ २ मा श्रम मन्त्रालयले एकपक्षीय रूपमा तोकिएका संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने प्रावधान हटाएपछि मलेसिया रोजगारी बन्द भएको थियो । गत कात्तिकमा श्रम सम्झौता भएपछि बायोमेडिकल गर्ने संस्था छनोटमा ढिलाइ भएकै कारण रोजगारी खुल्न सकेको थिएन। – यो समाचार आजको कान्तिपुर दैनिकमा छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल